१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
पाँचदल मिलेर देश लुटिरहेको छ : प्रभु साह – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचार

पाँचदल मिलेर देश लुटिरहेको छ : प्रभु साह

रौतहट,२० वैशाख ।पुर्वमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले गठबन्धन सरकारको नाउँमा पाँचदल मिलेर देश लुटिरहेको टिप्पणी गरेका छन । अदालतको परमादेश बाट गठबन्धनको सरकार बनेको झन्डै एकबर्षको अवधीमा देशमा कुन काम राम्रो भएको छ,भ्रष्टाचार ,महंगी,अनिष्ट मात्र भएको उनलेे जिकिर गरेका छन ।

गृहजिल्ला रौतहटको बौधिमाई नगरपालिकामा एमाले क्षेत्रीय कमिटी द्वारा आयोजित चुनावीसभा लाई संबोधन गर्दै सता साझेदार पार्टी अलगअलग भनिएपनी सबैको उदेश्य एउटै देश र जनतालाई लुट्ने बाहेक केही नरहेको बताए ।

माओवादी अध्यक्ष प्रचण्ड,माधव नेपाल र उपेन्द्र यादव मात्र सताको लागि राजनीति गरिरहेको नेता साहले आरोप लगाए। जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसी जनतालाई भुलाउन एमाले,कांग्रेस र माओवादी पहडियाको पार्टी भएको पटकपटक आलोचना गर्दै आएका छन ।
पार्टी भने पहडियाको तर मन्त्रालय पाँउदा कसको हुने उनलेे प्रश्न गरे ।

मधेस प्रदेश सरकारमा कांग्रेस,माओवादी,जसपा समाजबादी छन । तर बर्षको ४० अर्ब रुपैयाको बजेटको कागजी विकास मात्र भएको उनको आरोप छ ।

रौतहट क्षेत्र २ बाट मधेसी दल बाट निर्वाचित प्रदेश सांसद किशोरी यादव र उनका छोरा बौधिमाई नगरपालिकाका निबर्तमान प्रमुख राजिव यादव मिलेर करोडौं रुपैया अनियमितता गरेको नेता प्रभु साहले आरोप लगाए।
प्रदेश सांसद किशोरी यादवले चारबर्षमा ल्याएको १२ करोड रुपैयाको विकास के गर्यो बौधिमाई बासिले सोध्नुपर्ने बताए ।

भारतमा गंगा नदिको किनारमा अनेकन सहर बसेको उदाहरण दिंदै उनले रौतहटमा लालबकैया नदि अभिषाप नभइ बरदान हुनसक्ने बताए ।

निजगढ देखि भारतिय सिमानासम्म मात्र ५४ किलोमीटर लामो लालबकैया नदिको दुबैतर्फ पक्की बांध बनाएर दुबैतर्फ फराकिलो बाटो बनाउन सके देवाही गोनाही र बौधिमाई नगरपालिकाको लागि बर्दान साबित हुने साहले बिश्वास व्यक्त गरेका छन ।

पछिल्लो केहिबर्ष भित्र रौतहट क्षेत्र ३ का साथै बौधिमाई लगायतका स्थानमा पक्की बाटो,नाला,बिधुतिकरण गराएको र लालबकैया नदिको ५ स्थानमा पक्की पुल निर्माणको काम अगाडि बढाएको उनले स्पष्ट पारेका छन ।
उहाँले केपि ओलिको नेतृत्वमा बन्ने एमालेको सरकारले नै मधेसमा विकासको लहर ल्याउने हुंदा अगामी ३० गते हुने स्थानीय निर्वाचनमा एमालेको सुर्य छपमा मतदान गर्न साहले आग्रह गरेका छन्।

बौधिमाई नगरपालिकामा एमालेका मेयर उमेदवार त्रिभुवन साहको सभापतित्वमा सम्पन्न चुनावीसभामा एमाले केन्द्रिय सदस्य कुन्दन कुश्वाहा,प्रदेश कमिटी सदस्य मनोज यादव वडा अध्यक्ष उमेदवार मुक्ति नारायण मिश्रा लगायतका बक्ताहरुले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना साकार गर्न एमाले लाई जिताउन आग्रह गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.