१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सेन्चुरी बैंक र युनाईटेड होटलबिच ब्यापारिक साझेदारी – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सेन्चुरी बैंक र युनाईटेड होटलबिच ब्यापारिक साझेदारी

  1. सर्लाही,१० भदौ ।सेन्चुरी कमर्सियल बैंक लिमिटेड लालबन्दी शाखा र युनाईटेड होटल प्रा.लि.बिच सहकार्य सुरु भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ६ मा रहेका बैंक र होटेलबिच २० प्रतिशत छुट दिने सम्झौता भएको हो । सेन्चुरि बैंकका प्रयोगकर्ताले अब युनाईटेड होटलको बिलमा बैंकको कार्ड वा क्युआरबाट भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन ।

शुक्रवार बिहान बैंकका तर्फबाट लालबन्दी शाखा प्रमुख ललित कुमार रेग्मि र युनाईटेड होटलका संचालक रमेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । लालबन्दीमा पहिलो पटक होटलसँग सहकार्य गरेको सेन्चुरी बैंक र होटल दुबैले सम्झौता पछि आफुहरुलाई फाईदा पुग्ने र ग्राहकको संख्या बढ्ने अनुमान गरेका छन ।

जिल्लामा लालबन्दी, गोडैता र मलंगवाबाट सेन्चुरी बैंकको शाखाले सेवा प्रदान गरिरहेका छन । यो सँगै हाल देशभर सेन्चुरी बैंकको १४७ वटा शाखा, १० एक्सतेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र ११५ ओटा एटिएम मार्फत ७ लाखभन्दा बढि ग्राहकहरुलाई बित्तिय सेवा प्रदान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.