१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
दक्षिण एसियाली किकबक्सिङ च्याम्पियनसिपमा हायुले पाए स्वर्ण पदक – Nigrani Today
खेलकुदताजा खबरसमाचार

दक्षिण एसियाली किकबक्सिङ च्याम्पियनसिपमा हायुले पाए स्वर्ण पदक

सिन्धुली,१० भदौ ।सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पाका भुवन हायुले एकपछि अर्को अन्तर्राष्ट्रिय पदक पाउनुभएको छ । भुटानमा भएको पाँचौँ दक्षिण एसियाली किकबक्सिङ च्याम्पियनसिपमा हायुले स्वर्ण पदक पाउनुभएको हो ।

भुटानको फुङ्सोलिनमा भएको च्याम्पियनसिपमा हायुले ६० केजीतर्फ स्वर्ण पदक जित्नुभएको छ । उहाँले बंगलदादेशका खेलाडीलाई पराजित गर्नुभएको थियो । हायु सहित नेपालबाट छ जनाले स्वर्ण पदक जितेका छन् ।

सो क्योकुसिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार शिवानी श्रेष्ठले खुला तौलको फाइनलमा भुटानीलाई अंकका आधारमा हराएर स्वर्ण जित्नुभयो । उहाँ उत्कृष्ट खेलाडी पनि हुनुभयो । त्यस्तै, च्याम्पियनसिपमा ५४ केजीमा स्वर्ण जितेका कविन देशार पुरुषतर्फ उत्कृष्ट हुनुभएको छ । मुकेश लुइँटेलले ६२ केजी, जयराम ब्लोनले ६४ केजी र दलबहादुर घले ७२ केजी तौलमा स्वर्ण जितेका थिए ।

यसअघि, बंगलादेशमा भएको एसियन च्याम्पियनसिप छनोटमा हायूले स्वर्ण पदक जित्नुभएको थियो । छनोट खेलमा सातवटा देशका खेलाडीबिच भएको कराँते प्रतिस्पर्धामा चारजनालाई छनोट गरिएकोमा हायूपनि विजेता बन्नुभएको थियो ।

उहाँ केहि महिनामा एसियन च्याम्पियनसिपकालागि सिंगापुर वा थाइल्याण्ड जानुहुनेछ । एसियन च्याम्पियनसिपको खेल कहाँ हुने भनेर हालसम्म नतोकिएको हायूले बताउनुभयो ।

त्यस्तै, गत असारमा आसिहारा दक्षिण कराँते च्याम्पियनसिपमा हायूले स्वर्ण पदक जित्नुभएको थियो । दक्षिण एसियाबाट दुईजनामात्र खेलाडी सहभागि हुने वल्र्ड च्याम्पियनसिपकालागि हायू र ओखलढुंगाका दलबहादुर घले इटालि जाने हायूले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.