१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
समाजसेवामा निरन्तर सक्रिय रहेका मेयर आचार्यले गरे विपन्न बिरामीलाई आर्थिक सहयोग – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

समाजसेवामा निरन्तर सक्रिय रहेका मेयर आचार्यले गरे विपन्न बिरामीलाई आर्थिक सहयोग

सर्लाही,१५ भदौ । समाज सेवामा निरन्तर तत्पर तथा सक्रिय रहने ईश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्यले एक विपन्न विरामीलाई आर्थिक सहयोग गर्नुभएको छ । ईश्वरपुर नगरपालिका वडा नं. ५ निवासी साने दमाई आफ्नै घरमा दुर्घटनामा परि दाहिने खुट्टा कम्मर भन्दा मुनिको भाग नचल्ने भएपछि शल्यक्रिया गर्न खर्च जुटाउन समस्या परेको थियो । नगर प्रमुख आचार्यलाई जानकारी हुन साथ महोत्तरीको बर्दिवासमा रहेको जनसेवा हस्पिटलमा पुगी उपचार खर्चमा आर्थिक सहयोग गर्नुभएको छ ।

विरामी दमाईको केही दिन बयलबासमा रहेको स्थानीय अस्पतालमा उपचार गराई अवस्थामा सुधार नभएपछि दमाईको छोरा चेत बहादुर दमाईले आफ्नो बुवालाई लिएर बर्दिवास जनसेवा हस्पिटलमा उपचार गराउन पुगेका थिए । दमाईलाई अस्पताल लादाँ पनि घर परिवारको आर्थिक अवस्था निकै दयनीय रहेको हुँदा बिरामिको अप्रेसन गर्न नसकिएको भनी नगर प्रमुख आचार्यलाई दमाईका छोराले खबर गरेका थिए ।

बिरामीको अवस्था जानकारी हुन बितिकै नगर प्रमुख आचार्य बुधवार अस्पताल पुगि बिरामिको अवस्था बुझी अर्थको कारणले रोकिएको अप्रेसन सुरु गराउन आर्थिक सहयोग गर्नुका साथै बिरामिलाई चाडै निको हुन हिम्मत दिनुभएको नगर प्रमुख आचार्यको निजि सचिवालयले जनाएको छ ।नगर प्रमुखको यो कार्य देखेर ईश्वरपुरको स्थानियहरु अहिले समाजिक संजाल मार्फत नगर प्रमुखको चौतर्फी प्रशंसा तथा धन्यवादको समेत ओइरो लागेको छ ।

नगर प्रमुख आचार्य जनप्रतिनिधि हुनु भन्दा पनि कोरोना पिडित, अस्पताल, गरिब, असाहय तथा विपन्न नागरिकहरुलाई विभिन्न किसिमको सहयोग गरेको थियो र हाल नगर प्रमुख भइसक्दा पनि समाजिक कार्यलाईलाई निरन्तरता दिनुभएको ईश्वरपुरका स्थानिय नाथुराम चौधरीले बताउनुभयो । आचार्य जस्तो मनकारी व्यक्ति आफुहरुले नगर प्रमुख पाउँदा एकदमै खुसि लागेको स्थानिय चौधरीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.