१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
दलहरुले गरेको विकास कम छ, परिवर्तन गर्छु भन्दै आए स्वतन्त्र उम्मेदवार डा.बीरवंश – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

दलहरुले गरेको विकास कम छ, परिवर्तन गर्छु भन्दै आए स्वतन्त्र उम्मेदवार डा.बीरवंश

सर्लाही,१६ भदौ । समाज रुपान्तरण विषयमा क्यानाडाबाट मानार्थ विद्यावारिधि प्राप्त डा.बीरवंश बैठाले सर्लाही क्षेत्र नम्बर २ बाट संघीय संसदमा स्वतन्त्र उमेदवारी घोषणा गर्नुभएको छ । मलंगवास्थित कुशुम पार्टी प्यालेशमा पत्रकार सम्मेलन गर्नुहुँदै डा.बैठाले अहिलेका राजनीतिक दल र तिनका नेताहरुबाट देशमा विकास हुने नसक्ने भन्नुहुँदै देशलाई विकासको गतिमा अघि बढाउन आफूले पनि सर्लाही क्षेत्र नम्बर २ बाट संघीय संसदको लागि स्वतन्त्र उमेदवारी घोषणा गरेको बताउनुभयो ।

‘पटक पटक यिनै एउटै नेतालाई हामीले जिताएर पठाएकाछौं । तिनीहरुले गरेको विकास र परिवर्तन के छ ? खोजौं त । देशमा विकास गर्नुको सट्टा अहिलेको नेतृत्वले ३ सय वर्ष पछि धकेलेको भन्दै अब राजनीतिमा बुढापाका, पुराना र औंठाछाप हैन, विद्वान र भिजन भएको व्यक्ति आउनु पर्छ तब मात्रै परिवर्तन सम्भव छ ।’ पत्रकार सम्मेलनमा डा.बैठाले भन्नुभयो,‘आज यूरोप कन्ट्रीलाई हेर्नुस् हामी भन्दा कैयौं गुणा विकासमा अगाडि छन् । विद्वान व्यक्तिहरु नै ती देशहरुमा राजनीतिमा आएकोले त्यो सम्भव भएको हो ।

हाम्रोमा त आफ्नै नाम लेख्न नजान्नेहरुलाई चुनाव जिताएर पठाईन्छ अनि कसरी हुन्छ देश विकास ?’ उहाँले भिजन र सोंच नभएका नेताहरूकै कारण ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै रहेको, दाइजो प्रथा कायमै कायम रहेको, महिला हिंसा उस्तै रहेको र विकास निर्माणको हालत पनि खराब रहेको बताउनुभयो । ३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गराउनुहुँदै उहाँले त्यो बेलादेखि आजको दिनसम्म नेपाली जनताले सुखानुभूति गर्न नपाएको बताउनुभयो । उहाँले देशमा नेता नभएको समेत दाबी गर्दै नेपालमा थर्ड क्लास पोलिटिसियनहरु मात्र रहेको बताउनुभयो ।

यदी देशमा नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो होला उहाँले भन्नुभयो । ,‘हाम्रा देशका नेताहरुसँग सम्बृद्ध देश बनाउन कुनै मिशन, भिजन र डेडिकेशन छैन । कुनै पनि राजनीतिक दलमा स्थिरता छैन । यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन ।’ उहाँले विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भन्नुभयो, ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएकाछौं ।

अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ । राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको छ । अब समाजलाई गति प्रदान गर्नुपर्छ ।’ उहाँले आफूले चुनाव जिते विकास के हो भन्ने कुरा र जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने कुरा अहिले जसरी बालेन र हर्कहरुले प्रमाणित गरिरहेका छन् । त्यसरी नै प्रमाणित गरेर देखाउने बताउनुभयो । उहाँले विकास र परिवर्तनका लागि आफूलाई मत दिएर जिताउन क्षेत्रवासीसँग आग्रह गर्नुभयो । उहाँले आफूलाई सहयोग गर्न पत्रकार र परिवर्तनकामी आम जनसमुदायसँग आग्रह गर्नुभयो ।

को हुन् डा.बीरवंश ?

देश विकासका लागि परिवर्तनको आवश्यक्ता रहेको र त्यसका लागि असल र सबल नेतृत्वको आवश्यक्तालाई महसुस गरेर जागीरावधि डेढ वर्ष बाँकी छँदै प्राधानाध्यापकको पदबाट राजिनामा दिएर राजनितीमा आएको बताउनुहुने डा.बीरवंश मलंगवा नगरपालिका ५ भाड्सरका स्थायी वासिन्दा हुनुहुन्छ । डा. बैठा हेटौंडा उपमहानगरपालिका ४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालयको प्राधानाध्यापक भएर काम गरेको व्यक्ति हुनुहुन्छ । सो विद्यालयमा रहँदा उहाँले नै अग्रेजी माध्यमबाट शिक्षणको सुरुवात गर्नुभएको थियो । करिव २५ सय भन्दा बढी विद्यार्थीहरु अध्यनरत उक्त सामुदायिक विद्यालय देशकै नमुना विद्यालय मध्येको एक रहेको छ । डा.बैठाकै कारण उक्त विद्यालयमा मधेस प्रदेशका सयौं विद्यार्थीहरु अध्यनरत रहेका छन् ।

उहाँकै कारण उक्त विद्यालय विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाईमा पर्ने गरेको त्यहाँ अध्यनरत मधेस प्रदेसका विद्यार्थीहरुले बताएका छन् । उहाँले शिक्षण पेशामार्फत समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै दर्जनौं राष्ट्रिय तथा ७ वटा अन्तराष्ट्रिय एवार्ड समेत पाउनुभएको छ । स्कलरसिपमा विएड एमएड गर्नुभएका डा. बैठालाई समाज रुपान्तरणमा खेलेको भूमिकाकै कारण क्यानाडास्थित ब्रस्टन ईन्टरनेशनल यूनिभरसिटीले मानार्थ विद्यावारिधि दिएको हो । उहाँ मानार्थ विद्यावारिधि प्राप्त गर्ने सामान्य व्यक्तिमा पहिलो हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.