१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एकीकृत समाजवादीको जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

एकीकृत समाजवादीको जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित

सर्लाही, १७ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )को जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।
शुक्रबार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गर्दै साे पार्टीका बरिष्ठ जिल्ला उपाध्यक्ष देबेन्द्र यादव, सचिव गाविन्द अधिकारी, संगठन विभाग प्रमुख एवम हरिवन नगरकमिटी अध्यक्ष चुडामणि वाग्लेसहित जिल्ला कमिटीका अध्यक्षबाहेकका सबै पदाधिकारी, विभिन्न नगरका पदाधिकारीहरु पुरानाे घर एमालेमै फर्केका हुन ।

समाजवादीबाट एमालेमा समाहित हुने समाजवादीका सम्पूर्ण टिमलाई एमाले केन्द्रीय कमिटी सदस्य एवम जिल्ला ईन्चार्ज कमलादेवी महताे, मधेश प्रदेश उपाध्यक्ष रेवती पन्त, पुर्वमन्त्री बद्री न्याैपाने, संविधानसभा सदस्य हरि उप्रेती, जिल्ला अध्यक्ष राजनारायण साह लगायतले अबिर टीका लगाई एमालेमा स्पागत गरेका थिए ।

“नेपाल कम्युनिस्ट पार्टी चिरा चिरा पर्यो स्थानीय तहले हामीलाई पाठ सिकायो पार्टी फुटले निर्वाचनमा निराशा देखायो त्यही भएर हामी फेरी पुरानै घरमा फर्केका हाै “, पत्रकार सम्मेलनका क्रममा समाजवादीका जिल्ला सचिव गाेविन्द अधिकारीले भने ।

अाज उपलब्ध नभएका २० वटै पालिकामा रहेका एकीकृत समाजवादीका पदाधिकारीहरुलाई एमालेमा समाहित गर्ने नेता चुडामणि वाग्ले प्रेस विज्ञप्ती वाचन गर्दै बताउनुभयाे । उहाले एमाले अाफुहरुकाे पुरानाे घर भएकाेले निस्वार्थ एमालेमा फर्केकाे र अाफुहरुकाे कुनै शर्त नभएकाे बताउनुभयाो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.