१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विद्यालयको विवादलाई लिएर विद्यार्थीले गरे हरिपूर्वा नगरपालिकामा नारा जुलुस – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

विद्यालयको विवादलाई लिएर विद्यार्थीले गरे हरिपूर्वा नगरपालिकामा नारा जुलुस

सर्लाही,१७ भदौ । जिल्लाको हरिपुर्वा नगरपालिकाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न माग राख्दै नगरपालिका कार्यालय अगाडि नारा जुलुससहित विरोध प्रदर्शन गरेका छन् ।

नगरपालिकाको वडा नम्बर ४ डुमरियामा रहेको जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयमा राहत कोटामा कार्यरत निमित्त प्रधानाध्यापक मिना यादवको सरुवा तथा विद्यालयमा भएको कक्षाकोठा अभावको पूर्ति र विषयगत शिक्षकहरुको पदपूर्तिको माग राख्दै नगरपालिका कार्यालय अगाडि नारा जुलुससहित विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा उत्रिका विद्यार्थीहरुले विद्यालयमा शिक्षकहरुको अभाव र भौतिक संरचनाको कमीका कारण आफूहरुको भविष्य अन्धकारमा परेको बताएका छन् । उनीहरुले विद्यालयमा शिक्षकहरुको पदपूर्ति र भौतिक संरचना निर्माणको माग समेत गरेका छन् ।

कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा राहतकोटामा कार्यरत निमित्त प्रधानाध्यापक मिना यादव, २ जना वालविकासका कर्मचारी रिता यादव अनिता कुमारी यादवसहित ३ जनाले अध्यापन गराईरहेका छन् । ४ सयबढी विद्यार्थी अध्ययनरत छन् तर शिक्षक अभावका कारण अधिकाशं कक्षा खालि रहने गरेको विद्यार्थीहरुको गुणासो छ ।

यस विषयमा वडा नम्बर ४ का वडाध्यक्ष नोखेलाल रायले राहत कोटामा कार्यरत निमित प्रअ मिना यादव पुर्ववडाध्यक्षको बुहारी भएको कारणले विद्यालयलाई सही ढंगले सञ्चालन गर्ने सोचमा नरहेको र उहाँ रहुन्जेल बिद्यालय अस्तव्यस्त नै रहने भएकोले उहाँको सरुवा गरी अर्को शिक्षक पठाउन नगरपालिकासँग माग गरेको बताउनुभयो ।

तर विद्यालयकी निमित प्रअ मिना यादवले भने राहत कोटामा कार्यरत शिक्षकको सरुवा नै नहुने र आफू ३ वर्षदेखि विद्यालयमा कार्यरत रहेकोले कुनै विवाद नरहेको बताउनुभयो । उहाँले राजनितिक प्रतिसोधका कारण नयाँ वडाअध्यक्षले बालबालिकालाई ललाई फकाई नारा जुलुस गर्न लगाएको आरोप लगाउनुभयो । उहँले आफूलाई हटाएर शिक्षक अभाव पूर्ति हुन नसक्ने बताउनुभयो ।
के हो मुख्य समस्या ?

जनता अधारभुत बिद्यालयमा झण्डै ४ सय बढि विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयमा एउटा राहत कोटा अनुदान, २ जना बाल बिकास कक्षा तथा ५ जना स्वयंसेबक गरी ८ जना शिक्षकहरुले अध्यापन गराईरहेका छन् । सो विद्यालयमा निमाबिको एउटा दरबन्दि रहे पनि २०७६ भदौ २८ गते प्रअ रामसेवक रायको अवकास भएपछि सो पद खाली नै छ । विद्यालय प्रअ विहीन भएपछि शिक्षा विकास तथा समन्वय एकाइले निमित्त प्रअ को रुपमा राहत कोटामा कार्यरत मिना कुमारी यादवलाई नै खटाएको थियो ।

वडा अध्यक्षले निमित्त प्रधानाध्यापकको आन्तरीक सरुवा गर्न माग गरेपछि नगरपालिकाको शिक्षा शाखाले २०७९ अषाढ २३ गते नगरकार्यपालिकाको बैठकमा निर्णय गराई सोही निर्णय अनुसार असार ३० गते राम जानकी प्राविमा राहत कोटामा कार्यरत शिक्षक बाबुलाल रायलाई सो विद्यालयमा काजमा खटाइयो ।

काजमा खटेको शिक्षक बाबुलाल रायलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले निमित्त प्रअमा मान्यता नदिई पुरानै निप्रअ मिना कुमारी यादवलाई २०७९ अषाढ ३१ गतेको चलानी नम्बर २८६४ को पत्रबाट निमित्त प्रअ तोकेको छ ।

यता ४ नम्बर वडा कार्यालयले भने २०७९ साउन ११ गतेको चलानी नम्बर १७ को पत्र अनुसार काजमा आएका प्रअ रायलाई प्रअ यादवको नाममा रहेको सामान बरबुझारथ गर्न भनिएको छ । निमित प्रअ यादवले भने शिक्षा विकास तथा समन्वय ईकाईले आफूलाई नै निमित्त प्रअ तोकेकोले बरबुझारथ गर्न नपर्ने बताउनुहुन्छ ।

निप्रअ यादवले विद्यालयमा निमाबिमा दरबन्दी खाली रहेको र त्यो पदमा शिक्षा विकास तथा समन्वय एकाइ वा सम्बन्धित निकायले पदपुर्ति नगर्दा सम्म आफू निप्रअको जिम्मेवारीबाट नहट्ने बताउनुभयो ।

यसरी विद्यालयमा को निप्रअ हुने ? को आधिकारीक हो ? भन्ने विषयमा ४ महिनादेखि विवाद चलिरहँदा आफूहरुको भविष्य नै अन्धकारमा भएकोभन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नगरपालिकामा नाराजुलुससहित विरोध गरेका हुन् । उनीहरुले विद्यालयको विवाद शिघ्र समाधान गर्न माग गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.