११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
किसानलाई प्रोत्साहन गर्न दुध बोक्ने बाल्टी वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

किसानलाई प्रोत्साहन गर्न दुध बोक्ने बाल्टी वितरण

सर्लाही,१० भदाै । हरिवन नगरपालिका–९ को वडा कार्यालयले तीन सय १५ जना किसानलाई दुध बोक्ने बाल्टी ९क्यान० वितरण गरेको छ । वडा भित्रका पशुपालक किसानलाई प्रोत्साहन गर्ने र दुध बिक्री गर्न सहज होस भन्ने उद्देश्यले क्यान वितरण गरिएको वडाध्यक्ष सिताराम पोखरेलले जानकारी दिनुभयो ।

वडाको वार्षिक योजनाबाट पशुपालनमा संलग्न किसानलाई क्यान वितरण गरिएको हो । आफूहरुले दुध बोक्ने क्यान पाएपछि किसान खुसी भएका छन् । किसानको पहिचान गरि वडा कार्यालयले क्यान दिएकोमा हरिवन नगरपालिका–९ विष्णुपुरकी किसान लक्ष्मी उप्रेतीले खुसी व्यक्त गर्नुभयो ।

हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईंले उपस्थित पाँच जना किसानलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै क्यान हस्तान्तरण गर्नुभएको हो ।स्राेत उज्यालो अनलाइन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.