२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा स्वास्थ्य बिमा गर्नेको संख्या ९७ हजार ७ सय ८१ पुग्यो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा स्वास्थ्य बिमा गर्नेको संख्या ९७ हजार ७ सय ८१ पुग्यो

प्रेमनाथ पाैडेल

सर्लाही,६ असोज । सर्लाहीमा स्वास्थ्य बिमा कार्यक्रम लागू भए यता झन्डै एकलाख जनाले स्वास्थ्य बिमा गराएका छन ।२०७७ चैत्रको चौथो हप्ता बाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा गत भाद्र महिना बाट लागू हुने गरि बिमा गर्नेको संख्या ९७ हजार ७ सय ८१ पुगेको स्वास्थ्य बिमा बोर्ड सर्लाही शाखाका संयोजक चेतन घिमिरेले बताउनु भयो ।नेपाल सरकारले २०७७ सालको चैत्रमा एकै साथ देशका पाँच जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्दै देशका ७७ जिल्ला मध्ये ७५ जिल्ला बाट स्वास्थ्य बिमा कार्यक्रम संचालन गरेको हो ।काठमान्डौ र भक्तपुर जिल्लामा अझै यो कार्यक्रम लागू भएको छैन ।

यता सर्लाहीमा भने हाल सम्म जेष्ठ नागरिक १० हजार ५सय ८१ ,पुर्ण अपाङ्ग २ हजार ९ सय ९०,एच आई भि संक्रमित १ सय ६७,कुष्ठ रोगी ५६ क्षयरोगी १० घर परिवार रहेका छन । त्यस्तै महिला स्वास्थ्य स्वयम् सेबिका ५ सय ३१ र सामन्य परिवार १४ हजार २ सय १७ घर परिवारले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सर्लाही शाखाले जनाएको छ । स्वास्थ्य बिमा गर्नको लागि ३ हजार ५ सय तिरे पछि एक परिवारको ५जना सम्मको बिमा गर्न सकिने र उनीहरुले बर्षमा एकजना बरबार २० हजारका दरले एकलाख सम्मको औषधि उपचार सेवा निशुल्क लिन सक्ने छन ।

तर ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिक ,पुर्ण अपाङ्ग (रातो कार्ड ) भएका त्यस्तै एच आई भि ,कुष्ठरोग ,क्षयरोग संक्रमित र राज्यले तोकेको अति बिपन्न परिवारको लागि भने स्वास्थ्यबिमा गर्दा कुनै शुल्क तिर्न नपर्ने राज्यले छुट दिएको छ भने महिला स्वास्थ्य स्वयम सेविकाको परिवार लाई ५० प्रतिशत छुटमा बिमा गर्न सक्ने व्यवस्था रहेको बिमा वोर्डले जनाएको छ ।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले ओपिडी ,एक्सरे ,ल्याब सेवा, इसिजी, एमआर आइर्, सिटि स्क्यान, इमर्जेन्सी सेवा अस्पताल भर्ना तथा निःशुल्क औषधि उपचार सेवा उपलब्ध गराएको भए पनि नागरिकमा स्वास्थ्य बिमाको बारेमा जानकारी हुन नसक्दा र स्वास्थ्य बिमाको बारेमा बुझाउन नसक्दा स्वास्थ्य बिमा गर्नेको संख्यामा खासै बृद्धी हुन सकेको छैन ।

यस तर्फ समबन्धित निकाय, स्थानिय निकाय बाट पनि स्वास्थ्य बिमाको बारेमा चेतना जगाउन सके बिमा गर्ने र सेवा लिनेको संख्यामा बृद्धी गर्न सके नागरिक लाई गरिबी हुन बाट र आर्थिक भार बाट जोगाउन सकिन्थ्यो ।तर अझैपनि प्रचार प्रसारकै अभाब र नागरिकमा चेतनाको अभावमा सर्लाहीमा पनि स्वास्थ्य बिमा गर्नेको संख्यालाई बढाउन नसकिएको बिमा बोर्ड संलाहीका संयोजक घिमिरेको भनाई छ ।

उहाँ भन्नू हुन्छ १८ महिनाको अबधीमा जिल्लाको कुल जनसंख्याको १० प्रतिशतले मात्रै बिमा गरेका छन यो संख्या निकै नै कम हो ।स्वास्थ्य बिमा गर्नको लागि जिल्लाका प्रत्येक वडामा एक एक जना दर्ता सहयोगि भर्ना गरिएको भए पनि सन्तोष जनक बिमा गर्न प्रगती गर्न नसकिएको हुँदा यसको लागि सबै तह तप्का बाट बिमाको बारेमा चेतना जगाउन जरुरी रहेको घिमिरेले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.