चार छात्राहरुलाई छात्रवृति प्रदान

हरिवन,७ आश्विन। स्वर्गिय रोनिश कार्की स्मृति प्रतिष्ठानले हरिवनका ४ जना होनहार छात्राहरुलाई छात्रवृति प्रदान गरेको छ ।सडक दुर्घटनाबाट ज्यान गुमाएका कार्कीको स्मृतिमा स्थापित प्रतिष्ठानले हरिवन ८ मा रहेको महादेव जनता नमूना माविको कक्षा ११ र १२ मा अध्ययनरत ४ जना छात्राहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी छात्रवृति प्रदान गरेको हो ।
छात्रवृति पाउनेमा कक्षा ११ तर्फ झरना खपाङ्गी र अनिषा मगर र कक्षा १२ तर्फ आकृति कुशवार माझी र कविता वैठा हरेकी छन् । प्रतिष्ठानले उनीहरुलाई वर्षभरीको लाग्ने शुल्क तिरी दिनुका साथै छात्रवृति स्वरुप विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको हो । प्रतिष्ठानले हरेक वर्ष सो विद्यालयका गरीब, दलित तथा जेहेन्दार छात्राहरुलाई प्रोत्साहन स्वरुप छात्रवृति प्रदान गर्दै आईरहेको छ ।
प्रतिष्ठानका अध्यक्ष विनोद कुमार कार्कीको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर रमेश कुमार बुढाथोकी९कमल०को प्रमुख आतिथ्यतामा छात्रवृति वितरण गरिएको छात्रवृति वितरण कार्यक्रमका सञ्चालक तथा महादेव जनता नमूना माविका शिक्षक गिरीराज रानाले जानकारी दिनुभयो ।
छात्रवृति कार्यक्रममा हरिवन नगरपालिका ८ का वडाअध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रज्वल ढुंगाना, पूर्व अध्यक्ष यज्ञविनोद ढुंगेल, समाजसेवी सुरेन्द्र लामा, चुडामणि वाग्ले, भरतकुमार कार्की, ईन्द्र पाठक, बुक कुमारी थापा, राजकुमार उप्रेती, सिताराम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
छात्रवृति कार्यक्रमलाई हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, वडा अध्यक्ष प्रज्वल ढुंगाना, समाजसेवी राजकुमार उप्रेती, विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहलगायतले सम्बोधन गर्नुभएको थियो । सो क्रममा उहाँहरुले स्वर्गिय रोनिश कार्की प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
स्वर्गिय कार्की सोही विद्यालयका शिक्षक समेत रहनुभएका राजन कार्कीको सूपुत्र हुनुहुन्थ्यो । उहाँको २०७५ साल असार १७ गते सडक दुर्घटनामा परी ज्यान गएको थियो ।