१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरणले गणतन्त्र विरोधीलाई दरिलो झापड प्रहार गरेको छ राष्ट्रिय भुमि आयोग उपाध्यक्ष खडका – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरणले गणतन्त्र विरोधीलाई दरिलो झापड प्रहार गरेको छ राष्ट्रिय भुमि आयोग उपाध्यक्ष खडका

प्रेमनाथ पौडेल
सर्लाही । भूमिहिन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बितरण गरेर गणतन्त्र बिरोधि लाई दरिलो झापड हान्ने काम गरेको राष्ट्रिय भुमिआयोगका केन्द्रिय उपाध्यक्ष गहेन्द्र खडकाले बताउनु भएको छ ।

बिस २०२२ यता भूमिहिन सुकुम्बासीलाई जग्गा धनि लालपुर्जा वितरण गर्नको लागि पटक पटक राष्ट्रिय भूमि आयोग बनेको भए पनि अहिले सम्म जग्गा धनि पुर्जा (लालपुर्जा ) बितरण गर्न नसकेको अबस्थामा अहिलेको आयोगले देशका भूमिहिन दलित सुकुम्बासी हरुलाई लालपुर्जा बितरण गरेर गणतन्त्र बिरोधि र भूमिहिन सुकुम्बासीको नाममा राजनिति गर्ने हरुलाई गतिलो झापड प्रहर गरेको राष्ट्रिय भुमिआयोगका राष्ट्रिय उपाध्यक्ष गहेन्द्र खडकाले हरिवनका भूमिहिन सुकुम्बासि परिवारलाई लालपुर्जा वितरण गर्दै यस्तो बताउनु भएको हो ।
हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल)को अध्यक्षतामा एककार्यक्रमका बिचमा भूमिहिन सुकुम्बासि परिवारलाई लालपुर्जा जग्गाधनि पुर्जा वितरण गरेको हो ।
लालपुर्जा वितरण कार्यक्रम लाई सम्बोधन गर्नु हुदै अब आयोगले देश ब्यापिरुपमा बर्षौ बर्ष देखि बसोबास गर्दै आएका भूमिहिन दलित सुकुम्बासि अब्यबस्थित बसोबास गरेका हरुलाई लालपुर्जा बितरण गर्छ यस कार्यमा सबै लाई निर्धक्क साथ लालपुर्जा पाउने काममा विश्वस्त रहन आग्रह गर्नु भयो ।

अहिले सम्म देश मा ७सय १७वटा स्थानिय तह का १३लाख ५०हजार परिवार को निबेदन दर्ता गर्ने काम सम्पन्न गरि सकेको ३६वटा स्थानिय तह संग सम्झौता गर्न बाकि पछिल्लो पटक जारि गरिएको सुचना को आधार मा थप परेका झन्डै एक लाख निबेदन दर्ता गर्न बाकि सहित १४लाख ५०हजार सुकुम्बासी भुमिहिन दलित र अब्यबस्थित बसोबास गर्ने मध्ये ९लाख ७१हजार परिवार को निबेदन कम्युटर मा डाटा राख्ने काम सम्पन्न भै सकेको छ ।

जस मध्ये ७७हजार परिवार भुमिहिन दलित परिवार १लाख ५१हजार भुमिहिन सुकुम्बासी र ७लाख खस अव्यवस्थित परिवार रहेको समेत बताउनु भयो ।
यसै बिच राष्ट्रिय भुमिआयोग का केन्द्रिय उपाध्यक्ष गहेन्द्र खडका को प्रमुख आतिथ्यता मा जिल्ला का दुई स्थानिय तह मा एक कार्यक्रम का बिच बर्षौ बर्षदेखि बसोबास गर्दै आएका भुमिहिन दलित सुकुम्बासि परिवार हरुलाई लालपुर्जा बितरण गरिएको राष्ट्रिय भुमि आयोग सर्लाहीका सदस्य तथा प्रबक्ता मदन बिश्वकर्मा ले जानकारी दिनु भयो ।

आयोग ले जिल्ला का उत्तरि क्षेत्रमा रहेको हरिवन नगरपालिका वडा नम्बर २ पछ्वारि टोल का ११घर परिवार का लालपुर्जा बनेको भए पनि ४घर परिवार का घरधनि बैदेशिक रोजगारी को शिलशिला मा बाहिर रहेका ले ७घर परिवार लाई र ईश्वरपुर नगरपालिका भित्र का भुमिहिन सुकुम्बासी १८ ,घरपरिवार लाई एक कार्यक्रम का बिच जग्गाधनि लालपुर्जा बितरण गरिएको आयोगकी सदस्य अन्जु पौडेल ले बताउनु भयो ।

लालपुर्जा पाए पछि जग्गा भएर पनि साहुमाहजन को पिडा र ॠण लिन पनि कसै ले नपत्याउने गरेका हामि लाई यो जग्गा धनि पुर्जा बितरण गरेर एउटा जग्गा को मालिक बनाउने काम गरेको प्रति भुमिहिन सुकुम्बासी हरुको मुहार मा खुसि छाएको छ आफु हरु पनि अब ज्ग्गा को मालिक भएको भन्दै हरिवन २कि चन्द्रकला महतो ले आयोग र नगरपालिका का जनप्रतिनिधि लाई धन्यबाद दिएकि छन ।

उमि मात्रै होइन अर्का सुकुम्बासी माह्देब महतो ले भने हामि लाई पुर्जा दिएर भगवान रुपि काम गरेको प्रति आफु मा खुसि को सिमा नरहेको बताउनु भयो ।
पुर्जा बितरण कार्यक्रम मा भुमि आयोग हरिवन नगरपालिका केन्द्र प्रमुख सुवास सिंह हरिवन नगरपालिका भित्र ३हजार ५सय ७९निबेदन परेका मा भुमिहिन दलित २सय ४०,सुकुम्बासी ९सय ५र अव्यवस्थित बसोबास गर्ने दुई हजार ४सय ३२परिवार रहेको जानकारी दिनु भयो ।

उप प्रमुख हरिमाया घलान को स्वागत रहेको कार्यक्रम नेकपा एमाले का नेता एवम भुमि आयोग नगर समन्वय समिति का सदस्य सिताराम पोख्रेल ,नेपालि कांग्रेस का रामशरण उप्रेति ,माओवादी केन्द्र का अर्जुन पन्त ,वडा नम्वर २का वडा अध्यक्ष अर्जुन योन्जन ,राष्ट्रिय भुमि अधिकार आयोग सर्लाहीका अध्यक्ष भवानि घिमिरे राष्ट्रिय भुमिआयोग का सर्लाहीका प्रबक्ता मदन बिश्वकर्मा ,जिल्ला अध्यक्ष चन्द्र प्रसाद वाग्ले लगायत ले भुमि आयोग को काम र लालपुर्जा बितरणका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो ।

यसै बिच लालपुर्जा बितरण र भुमि आयोग का बिभिन्न क्रियाकलाप मा सहयोग पुर्याउने कर्मचारी लाई प्रसंसा पत्र बाट समेत सम्मान गरिएको भुमि आयोग हरिवन केन्द्र ले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.