१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
झडपमा परी पुर्व वडाअध्यक्ष पक्षका चारजना घाइते,एक जनाको अवस्था गम्भीर – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

झडपमा परी पुर्व वडाअध्यक्ष पक्षका चारजना घाइते,एक जनाको अवस्था गम्भीर

सर्लाही,आश्विन १७ ।  सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-९ खोरियामा दुईपक्ष विच झडप हुँदा २ जना महिलासहित ४ जना घाईत भएका छन्।
घाईते मध्ये १ जना वृद्धाको अवस्था गम्भीर रहेकोले उनको अहिले बिरगंज स्थित एक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।

चक्रघट्टा गापा(९ खोरिया बस्ने वर्तमान वडाअध्यक्ष बिजय राय र पुर्व वडाअध्यक्ष राम ईशवर ठाकुर लोहार पक्ष बिच बाटो र पुरानो राजनिती रिसिवीका कारण झडप भएको थियो।सोही वडाका स्थानीय नेता जयनन्दन राय यादवका अनुसार सनिवार साँझ करिब साढे ६ बजेको समयमा पुर्व वडाअध्यक्ष ठाकुरको परिवारका सदस्य वर्तमान वडाअध्यक्ष रायको घरबाट निस्केको पानी सार्वजनिक सडक भएर बगिरहेको देखेर पानी नियन्त्रण गर्न भनि सम्झाउन जाँदा वडाअध्यक्ष यादवको घरको सदस्यहरु पुर्व वडाअध्यक्ष ठाकुरको घरको सदस्यहरु उपर हमला गरि घरेलु हतियारको प्रयोग गरि निर्मतापुर्वक कुटपिट गरि घारिलो हतियारले शरिरका विभिन्न भागमा काटेर गम्भीर घाइते बनाएको बताए ।

झडप तथा कुटपिटमा परि पुर्व वडाअध्यक्ष ४३ वर्षीय ठाकुरसहित उनकी श्रीमती ४० वर्षिया किरण देवी सामान्य घाइते भएका छन् भने ३२ वर्षीय भाई श्रवण ठाकुर र ७० वर्षीया आमा पचिया देवी गम्भीर घाइते भएको घाइतेहरुको उपचारको लागि मलंगवा स्थित प्रादेशिक अस्पताल आएका छिमेकीहरुले बताएका छन्।सो झडपमा परेर गम्भिर घाइते भएका पचिया देवी र श्रवणको प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार पछि थप उपचारको लागि बिरगंज लगिएको र सामान्य घाइते पुर्व वडाअध्यक्ष र उनकी श्रीमती किरण देवीको सोही अस्पतालमा उपचार भई रहेको पारिवारिक श्रोतले जनाएको छ।

यसअघि पनि उनिहरू बिच पटकपटक पारिवारिक र राजनीतिक विषयलाई लिएर विवाद हुँदै आएको र केही महिना अगाडी पुर्व वडाअध्यक्ष ठाकुरले शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन पनि दिएको स्थानीय नेता जयनन्दन रायले जनाएको छ।

केही दिन अगाडी वडा अध्यक्ष राय आफैले घरको पानी सडकमा नकिल्न भनि वडा कार्यालयको तर्फबाट सार्वजनिक सूचना जारी गरेपनि निजले नै सोको पालना नगरेको र यस्तो नगर्न भनि रोक्न र सम्झाउन जाँदा उल्टै भन्न जाने ब्यक्तिलाई नै कुटपिट गरेर पदको दुरुपयोग गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
पुर्व वडाअध्यक्ष ठाकुरले कुटपिटमा संलग्न रहेका वर्तमान वडाअध्यक्ष बिजय रायसहित वडा सचिवको पदमा कार्यरत निजको भाई संजय राय,राकेश राय,राम लक्षण राय ,राजिब राय लगायत अन्य ब्यक्तिहरु उपर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिने तयारी गरिरहेको ज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.