१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
चक्रघट्टा गाउँपालिकाको स्कारपियोले ठक्कर दिदा बालकको मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चक्रघट्टा गाउँपालिकाको स्कारपियोले ठक्कर दिदा बालकको मृत्यु

सर्लाही२४ असोज । सर्लाहीको मलंगवा न.पा. ४ शिवसागर चौक स्थित मलंगवा-नवलपुर सडक खण्डमा चक्रघट्टा गाउँपालिकाको स्कारपियोले ठक्कर दिदा बालकको मृत्य भएको छ । मलंगवा बाट नवलपुर तर्फ जादै गरेको चक्रघट्टा गा.पा.को नाममा रहेको ना.१ झ १७०० नंम्बरको स्कारपियोको ठक्कर बाट अन्दाजी ४ वर्षिय बालकको मृत्युु भएको छ ।मृत्यु हुनेमा ईश्वरपुर न.पा. १४ बस्ने हिरालाल मण्डलको छोरा अं. वर्ष ४ को निशान्त कुमार मण्डलरहेको प्रहरीले जनाएको छ ।

स्कारपियोले बालकलाई ठक्कर दिदा टाउ र शरिरको विभिन्न भागमा चोट लागि गम्भिर घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाईए डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बालकको शव अस्पतालमै रहेको, ठक्कर दिने स्कारपियो र स्कारपियो चालक जिल्ला प्रहरी कार्यलय सर्लाहीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सुचना अधिकृत बिजय यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.