२१ श्रावण २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सिरसियामा विद्यालय झोला वितरण , विद्यार्थीहरू हर्षित – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सिरसियामा विद्यालय झोला वितरण , विद्यार्थीहरू हर्षित

सर्लाही जिल्लाको कविलासी नगरपालिका वडा नं. ७, सिरसियामा अवस्थित श्री जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय झोला (बैग) वितरण गरिएको छ।

आ.व. २०८१÷०८२ को नगरस्तरीय योजनाअन्तर्गत आयोजित कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क झोला वितरण गरिएको हो। उक्त कार्यक्रम नगर प्रमुख ब्रहमदेव राय यादव, प्रमुख प्रशासकीय अधिकृत राज किशोर महतो, तथा वडा अध्यक्ष धरबेन्द्र राय यादव   लगायतका व्यक्तिहरुले झोला वितरण  गरेको आयाेजक कविलासी नगरपालिकाले जनाएको छ ।

झोला वितरणले विद्यार्थीहरूमा शैक्षिक सामग्रीप्रतिको पहुँचमा सहजता ल्याउनुका साथै शिक्षामा थप प्रेरणा जगाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरू उत्साहित देखिएका थिए।

कार्यक्रममार्फत गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्दै भविष्यको पिँढीलाई सबल बनाउने उद्देश्य लिएको आयोजक पक्षले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button