१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रधानाध्यापकको जागिर छोडेर जन्ता सेवक बन्न चुनावी प्रतिस्पर्धामा आएको छु : डा. बैठा – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

प्रधानाध्यापकको जागिर छोडेर जन्ता सेवक बन्न चुनावी प्रतिस्पर्धामा आएको छु : डा. बैठा

मलंगवा,१७ कार्तिक । समाज रुपान्तरण विषयमा क्यानाडाबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका डा.बीरवंश बैठाले आफुले क्षेत्र नं. २ बासीलाई विकासको स्वाद चखाउन उम्मेदवारी दिएको बताउनुभयो । डा. बैठा सर्लाही क्षेत्र नम्बर २ बाट संघीय संसदमा उमेदवारी दिनुभएको छ । डा.बैठाले अहिलेका राजनीतिक दल र नेताहरुबाट देशमा विकास हुने नसक्ने भन्दै देशलाई विकासको गतिमा अघि बढाउन आफूले उमेदवारी दिएको बताउनुभयो । डा. बैठाले लौरो(लाठी) चुनाव चिन्ह पाएका छन् ।

डा. बैठाले बा आमालाई टेकाउने भ्रष्टाचारीलाई सेकाउने मुल नारा दिई लौरो चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रेका छन । क्षेत्रमा २ मा समग्रमा हेर्दा त्रिपक्षयी भिडन्त हुने भएको छ । सत्ता गठबन्धनभित्र सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ् ।

यसैगरी नेकपा एमाले र जसपा गठबन्धनबाट संघिय सांसदको लागि राजनारायण साह उम्मेदवार हुनुहुन्छ । पछिल्लो समय जन्ता माझ थोरै समयमा तुलनात्मक हिसाबले पुरानो अनुहार भन्दा डां बैठा लोकप्रिय हुदैँ गएको छ । डा. बैठाले आफुले प्रधानाध्यापकको जागिर छोडेर जन्ताको सेवा गर्न चुनावी प्रतिस्पर्धामा आएको दाबी गर्नुहुन्छ । ’पुराना नेताहरुले गरेको विकास र परिवर्तन कस्तो छ सोचनिय विषय भएको डा. बैठाले भन्नुभयो ।देशमा विकास गर्नुको सट्टा अहिलेको नेतृत्वले ३ सय वर्ष पछि धकेलेको भन्दै अब राजनीतिमा बुढापाका, पुराना र औंठाछाप हैन, विद्वान र भिजन भएको व्यक्ति आउनु पर्छ तब मात्रै परिवर्तन सम्भव छ डा. बैठाले भन्नुभयो ।

डा.बैठाले भन्नुभयो ‘आज यूरोपलाई हेर्नुस् हामी भन्दा कैयौं गुणा विकासमा अगाडि छन् । विद्वान व्यक्तिहरु नै ती देशहरुमा राजनीतिमा आएकोले त्यो सम्भव भएको हो ।’ उनले अगाडी भने ‘हाम्रोमा त आफ्नै नाम लेख्न नजान्नेहरुलाई चुनाव जिताएर पठाईन्छ अनि कसरी हुन्छ देश विकास ?’ उनले भिजन र सोंच नभएका नेताहरूकै कारण ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै रहेको, दाइजो प्रथा कायमै रहेको, महिला हिंसा उस्तै रहेको र विकास निर्माणको हालत पनि खराब रहेको हुदाँ यि विभिन्न समस्या निराकरण गर्न आफु चुनावी मैदानमा आएको डा. बैठाले दाबी गर्नुभयो ।

उनले विकास र परिवर्तनका लागि आफूलाई मत दिएर जिताउन क्षेत्रवासीसँग आग्रह समेत गर्नुभयो । देश विकासका लागि परिवर्तनको आवश्यक्ता रहेको र त्यसका लागि असल र सबल नेतृत्वको आवश्यक्तालाई महसुस गरेर आफुले जागीर अवधि डेढ वर्ष बाँकी छँदै प्राधानाध्यापकको पदबाट राजिनामा दिएर राजनितीमा आएको बताउने डा.बैठा मलंगवा नगरपालिका ५ भाड्सरका स्थायी वासिन्दा हुन् ।

डा. बैठा हेटौंडा उपमहानगरपालिका ४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालयको प्राधानाध्यापक भएर काम गरेको व्यक्ति हुन् । उनले शिक्षण पेशामार्फत समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै दर्जनौं राष्ट्रिय तथा ७ वटा अन्तराष्ट्रिय एवार्ड समेत पाएका छन् । स्कलरसिपमा विएड एमएड गरेका डा. बैठालाई समाज रुपान्तरणमा खेलेको भूमिकाकै कारण क्यानाडास्थित ब्रस्टन ईन्टरनेशनल यूनिभरसिटीले मानार्थ विद्यावारिधि दिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.