१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमालेकि केन्द्रिय सदस्य रीता साहले पार्टी परित्याग गरिन् – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

एमालेकि केन्द्रिय सदस्य रीता साहले पार्टी परित्याग गरिन्

सर्लाही,१८ कार्तिक । नेकपा एमालेकि केन्द्रिय सदस्य रीता साहले पार्टी परित्याग गरेकी छिन् ।

बिहीबार प्रेस विज्ञप्तिमार्फत सर्लाही जिल्ला सह ईन्चार्ज समेत रहेकी नेतृ साहले पार्टीको साधारण समेत नरहनेगरी पार्टी त्याग गरेको घोषणा गरेकी हुन् । एमालेले सिद्धान्त विचार विपरीत जसपा र राप्रपासंग गठबन्धन गरी देश र जनतालाई धोका दिएको उनको भनाई छ ।

नाकाबन्दीको विरोध गरेर नेता बनेको एमाले अध्यक्ष ओलीले नाकाबन्दीको नाइके पार्टी जसपासँग गठबन्धन गरेको प्रति आपत्ति जनाउदासमेत सुनुवाई नभएको र पार्टी भित्र फरक मत राख्नेलाई निशेध गरेको उनको विज्ञप्तिमा उल्लेख छ ।

“मसमेत सामिल रहेको पार्टी केन्द्रीय कमिटीको बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनी गरेको निर्णय उल्टाउदै गैर वैचारिक धरातलका दलहरुसंग गठबन्धन गरिएको सर्वविदितै छ ।

नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी छवि बनाएको पार्टी अध्यक्ष केपी ओलीले नाकाबन्दीको नाइके उपेन्द्र यादवसंग गठजोड गरेर देश र जनतालाई धोका दिने कार्य गरेको छ । अर्कोतर्फ देशमा राजसंस्था पुनःस्थापन गर्ने, संघीयता खारेज गर्नेजस्ता जनविरोधी एजेन्डाहरु प्रधानताका साथ अगाडि बढाएको पार्टी राप्रपासँग एमालेले राष्ट्रघाती गठबन्धन गरेको छ ।” उनको विज्ञप्तिमा उल्लेख छ ।

“पछिल्लो समय हुँदै आएको देश र जनताको अहितका गतिविधिहरुप्रति मेरो निरन्तर फरक मत एवम् आपत्ति रहदै आएको छ । तर पार्टी भित्र फरक मत राख्नेलाई निशेध गर्ने गुटगत मानसिकता हाबी भएको कारण देश र जनताको पक्षको हाम्रो बोलीलाई निरन्तर दबाउने कार्य हुँदै आएको छ । यथास्थितिवादी र प्रतिगामी तत्वहरुसँग गहिरो रुपमा एमालेको साँठगाँट गरेको वर्तमान परिपेक्ष्यमा नेकपा एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्षसहित नेकपा एमालेको साधारण सदस्य समेत नरहनेगरी केन्द्रीय कमिटी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजिनामा गर्दछु ।” उनी थप्छन् ।

एमाले स्थायी कमिटी सदस्य प्रभु साहले रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र सांसदको उम्मेदवार बनेपछि उनलाई समर्थन गर्दै हजारौं नेता कार्यकर्ताले एमाले छोडेका छन् । एमाले परित्याग गर्नेहरुले प्रभु साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा सामेल भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.