१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जसपा रौतहटका जिल्ला अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलले दिए पदबाट राजीनामा – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

जसपा रौतहटका जिल्ला अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलले दिए पदबाट राजीनामा

गौर ।जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहटका जिल्ला अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
जसपाले नेकपा एमालेसँग गठबन्धन गरेको भन्दै पटेलले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको कारण आफूले पार्टीबाट राजीनामा दिएको पटेलले बताए ।
‘अहिले चुनावमा मतदातासमक्ष जान पनि असहज भएको छ । जुन पार्टीले नागरिकता विधेयक पारित हुन दिएन, पटक–पटक मधेसी जनतालाई अपमान गर्यो, संविधान संशोधन हुनै दिएन, आज त्यही पार्टीसित जसपाले गठबन्धन गरेको छ । त्यसले पार्टीमा काम गर्न असहज भएकोले राजीनामा दिएको छु’ पटेलले आफनो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
पटेल २०६४ सालको मधेस आन्दोलनदेखि जसपामा आबद्ध थिए । २०७४ को स्थानीय चुनावमा नगरप्रमुखमा विजयी भए । नगरप्रमुखको कार्यकाल सकिन एक वर्ष बाँकी रहँदा पटेल र अन्य तीन कर्मचारीलाई अख्तियारको टंगाल काठमाडौंको टोलीले घूसबापतको रकम चेक र नगदसहित पक्राउ गरेको थियो । टोलीले दुई लाख ५० हजार नगद र उपभोक्ता समितिको नामको दुई लाख ५० हजारको चेकसहित नगरप्रमुख पटेलको कार्यकक्षमै फेला पारेको थियो ।
पटेलले जसपा र एमाले बीच भएको चुनावी तालमेलको चर्को रुपमा विरोध गरेका छन् । मधेस विरोधी पार्टी एमालेसंग चुनावी तालमेल नगर्न सुझाव दिदा समेत पार्टीले आफनो सुझाव स्वीकार नगरेकाले अबदेखी जसपा पार्टीको कुनै जिम्मेवारीमा नरहने घोषणा उलने गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.