१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
सर्लाहीमा ८ प्रदेश सभा सदस्य मध्ये ५ वटा प्रदेश सभाको नतिजा सार्वजनिक (सूची सहित) – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

सर्लाहीमा ८ प्रदेश सभा सदस्य मध्ये ५ वटा प्रदेश सभाको नतिजा सार्वजनिक (सूची सहित)

सर्लाही ,८ मंसिर ।सर्लाहीमा ८ प्रदेश सभा सदस्य मध्ये ५ वटा प्रदेश सभाको नतिजा सार्वजनिक भएको छ ।क्षेत्र नं. १ र ४ मा सता गठबन्धनका उम्मेदवार विजयी भएका छन भने क्षेत्र नं. १ मा नेकपा एमाले जसपा गठबन्धनका उम्मेदवार विजयी भएका छन ।

सर्लाही क्षेत्र नं. १ प्रदेश सभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र महतो २ हजार बढि मतान्तरले विजयी भएको छ । बुधवार प्रदेश सभा (क) को सम्पन्न मतगणना अनुसार महतोले २ हजार १ सय २८ मतान्तरले विजयी हुनु भएका छन ।महतोले १२२६५ मत प्राप्त गरेका छन भने महतोका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामचन्द्र सिंह कुशवाहाले १०१३७ मत प्राप्त गर्नुभएको छ ।कुशवाहा र महतो बिच मित्रबद्ध प्रतिस्पर्धामा रहेका थिए ।

सर्लाही क्षेत्र नम्बर १ अन्तर्गत (ख) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वेची लुंगेली विजयी हुनुभएको छ । लुगेली १३ हजार ६७६ मत ल्याएर प्रदेशसभा सदस्यमा लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्तिकुमारी लामाले ६ हजार ९७७ मत प्राप्त गर्नुभएको छ । लामालाई ६ हजार ६९९ मतले पछि पार्नुभएको हो । त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार ९४५ मत प्राप्त गर्नुभएको छ।

सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार बिरेन्द्र प्रसाद सिंह पुनः विजयी भएको छ । आज बिहान प्रदेश सभा (क) को सम्पन्न मतगणना अनुसार सिंह १५६९३ मत ल्याएर विजयी भएका छन । सिंहको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु रायले १४६१६ मत प्राप्त गर्नुभएको छ ।सिंहले रायलाई पराजित गर्दै पुनः मधेस प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ। यसैगरी जनमत पार्टीका उम्मेदवार प्रमोद कुमार रायले २३८८ मत मात्र प्राप्त गर्नुभयो ।

सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (ख) मा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो विजयी भएको छ ।आज रातिअबेरसम्म प्रदेश सभा (ख) को सम्पन्न मतगणना अनुसार महतो ८०३३ मत ल्याएर विजयी भएका छन । महतोको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवी यादव ७६७६ मत प्राप्त गर्नुभएको छ ।महतोले यादवलाई ३५७ मतको अन्तरले पराजित गर्दै मधेस प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (ख) मा जन्ता समाजवादी पार्टीका उम्मेदवार संजय कुमार यादव विजयी भएको छ । बुधवार राती प्रदेश सभा (ख) को सम्पन्न मतगणना अनुसार यादव १३ हजार २ सय ४७ मत प्राप्त गरि विजयी भएका छन । उहाको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोज राय लालटिन चुनाव चिन्ह बाट ८ हजार ३ सय ४८ मत प्राप्त गर्नुभएको छ ।यादव पुःन दोस्रो कार्यकालको लागि मधेस प्रदेश सभामा निर्वाचित हुनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.