१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरको किसनपुरमा आगलागी हुदा ३ लाख बढीको क्षति – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरको किसनपुरमा आगलागी हुदा ३ लाख बढीको क्षति

सर्लाही,१० मंसिर । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं १ किसनपुरमा आगलागी हुदा अन्दाजी ३ लाख ११ हजार मूल्य बराबरको क्षति भएको छ । फोहर डढाउन बालिएको घुरबाट आगो सल्की आगलागी भएको थियो ।

शुक्रवार साझ वडा नं १ किसनपुर बस्ने आसमहमद अंसारी र चउठी ठाकुरको घरमा आगलागी हुदां उक्त मूल्य बराबरको क्षति भएको हो ।

अंसारीको टालिले छाएको घर, लत्ताकपडा, १ थान साईकल र दाउरा गरी १ लाख ६५ हजार बराबरको क्षति भएको छ भने ठाकुरको घर, लत्ताकपडा, घरमा राखेको दाउरा लगायतको सामग्री पुर्ण रुपमा जलेर नष्ट हुदा १ लाख ४६ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.