१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वामा २ सय ६ जनाको निःशुल्क आँखा परिक्षण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुर्वामा २ सय ६ जनाको निःशुल्क आँखा परिक्षण

हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिकामा २ सय ६ जनाको निःशुल्क आँखा परिक्षण गरिएको छ । शनिवार हरिपुर्वा नगरपालिका वडा नं. २ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक साधारण सभाको अवसरमा केश्वर गरिब जनता माध्यमिक विद्यालयको प्राङ्गणमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो ।

शिविरमा निःशुल्क आँखा परीक्षण गरिएकोमा ८७ जनामा मोतिया विन्दु देखा परेको संस्थाका व्यवस्थापक मुकेश झाले जानकारी दिनुभयो । मोतिया बिन्दुका ती बिरामीलाई यही मंसिर १३ गते ईश्वरपुरस्थित नगर अस्पताल बयलवासमा निःशुल्क अप्रेसनको व्यवस्था मिलाइएको झाले बताउनुभयो । झाका अनुसार बिरामीलाई बयलवाससम्म ल्याउने÷लाने साधनको व्यवस्था संस्थाले नै गर्ने छ ।

नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालसँग समन्वय गरेर सहकारीले ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ डाक्टरहरुबाट आँखाको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाएको हो ।

संस्थाका अध्यक्ष गणेश कुमार यादवको अध्यक्षता तथा हरिपुर्वाका मेयर विनोद साह तेलीको प्रमुख आतिथ्यतामा आयोजित आँखा शिविरको उद्घाटन समारोहमा हरिपुर्वा १ का वडाध्यक्ष श्यामबाबु राय, ६ का वडाध्यक्ष रामसोगारथ राय, शिविर संचालन भएको केश्वर गरिब माविको व्यवस्थापन समितिका अध्यक्ष मनोज यादव, समाजसेवी राजनारायण राय, बसन्तपुर शाखा प्रमुख रामनाथ राय लगायतको उपस्थिति रहेको थियो । शिविरमा भरतपुर आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक चन्दन मनिराम नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार गरेको आयोजक जयगंगा सहकारीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.