१२ चैत्र २०८०, सोमबार | Email:- [email protected] | [email protected]
चन्द्रनगर,ब्रह्म्पुरी र हरिपुर्वामा राष्ट्रिय बाल दिवस मनाइयो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगर,ब्रह्म्पुरी र हरिपुर्वामा राष्ट्रिय बाल दिवस मनाइयो

सर्लाही,२९ भदौ । सर्लाहीको चन्द्रनगर गाउँपालिका,ब्रह्म्पुरी गाउँपालिका र हरिपुर्वा नगरपालिकामा बुधवार ५८औ राष्ट्रिय बाल दिवस मनाइएको छ । अष्ट्रेलियन सरकारको आर्थिक सहयोग, वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षाको प्राविधिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा चन्द्रनगर गाउँपालिका ,ब्रहम्पुरी गाउँपालिका र हरिपुर्वा नगरपालिकामा ५८औ राष्ट्रिय बाल दिवस मनाइएको छ ।

 

,बालमैत्री समाजको अधार, जिम्मेबार परिवार, उत्तरदायी सरकार, मुल नाराका साथ चन्द्रनगरमा साइकल दौड प्रतियोगिता तथा बाल अधिकार प्रवद्र्धनमा अभिभावकको भूमिका, विषयमा वक्तृत्वकला प्रतियोगिता गरी राष्ट्रिय बाल दिवस मनाइएको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकाकी प्रमुख नगिना साहले जानकारी दिनुभयो ।

प्रगतीशिल बाल क्लबका अध्यक्ष आशाकुमारी महतोको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा साइकल दौड प्रतियोगिता तथा वक्तृत्वकला प्रतियोगितामा भाग लिइ प्रथम, दितीय तथा तृतीय बनेको विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको थियो भने ६ जनालाई सन्तवान पुरस्कार वितरण गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुभयो।

गाउँपालिकाको सभाहलमा गरिएको कार्यक्रममा चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गिता देवी महतो, वडा नं. १ का वडा अध्यक्ष रामेश्वर प्रसाद महतो, वडा नं. २ का वडा अध्यक्ष शम्भु साह लगायत विभिन्न वडाका जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख कमला बस्नेत तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यसैगरी हरिपुर्वा नगरपालिका वडा नं. ६ स्थित रहेको रामजानकी अधारभुत विद्यालयमा ¥याली पर्दशन तथा हाजिरीजवाफ प्रतियोगिता गरी ५८औ राष्ट्रिय बाल दिवस मनाइएको छ । विद्यालय बाट निकालिएको ¥याली बालबालिकाहरुले छोरा छोरी लाई समान व्यवहार,बालशोषण अन्त गरौ, सहित विभिन्न नाराको साथमा नगर परिक्रमा गरेको थियो । वडा नम्बर ६ को वडाध्यक्ष रामसोगारथ रायको नेतृत्वमा निकालिएको ¥यालि तथा हाजिरिजवाफ प्रतियोगितामा विद्यालयको प्रअ,शिक्षक,वाल अधिकार कर्मी,पत्रकार सहितको उपस्थिती रहेको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले जनाएको छ ।

त्यस्तै ब्रह्म्पुरी गाउँपालिकामा पनि १ किलोमिटरको दौड प्रतियोगिता गरी ५८औ राष्ट्रिय बाल दिवस मनाइएका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकाकी प्रमुख सविता साहले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.