१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
महालक्ष्मीकाे लालबन्दी शाखाले गर्‍याे;धर्मशालालाई फर्निचर सहयोग – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

महालक्ष्मीकाे लालबन्दी शाखाले गर्‍याे;धर्मशालालाई फर्निचर सहयोग

सर्लाही,पुस-९,सर्लाहीको लालबन्दीमा रहेको महालक्ष्मी विकास बैंक लालबन्दी शाखाले लालबन्दीमा रहेको राधाकृष्ण शिवालय धर्मशालालाई फर्निचर सहयोग गरेको छ ।
शनिवार बिहान एक कार्यक्रमकाबीच लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र बैंक प्रवन्धक पाेखरेलले सहयोग सामग्री राधाकृष्ण शिवालय धर्मशाला निर्माण संस्थाका अध्यक्ष देवीबन्धु थापालाई हस्तान्तरण गरेका हुन ।
सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले दान /सहयोगकाे कुनै मूल्य नहुने,बताउदै महालक्ष्मी विकास बैंकले अमूल्य सहयोग गरेको बताए ।
उनले सानो -सानाे सहयोगबाट संस्थाहरू अघि बढ्ने बताउदै,सामाजिक दायित्व बहनगर्ने महान कार्य गरेकाे भन्दै,महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राधाकृष्ण शिवालय धर्मशालालाई एकथान अफिस टेबुल र एकथान घुम्ने कुर्सी सहयोग गरेको बैंकका शाखा प्रवन्धक सुदिप चन्द्र पाेखरेल बताए ।
महालक्ष्मी विकास बैंककाे देशभर १०३ वाटा शाखा ४९ वटा एटीएम र करिब ६ लाखकाे हाराहारीमा ग्राहक रहेका छन् । देशभरका अन्य शाखाहरूले जस्तै आफ्नो शाखाले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत लालबन्दीमा रहेको राधाकृष्ण शिवालय धर्मशाला लाई फर्निचर सहयोग गरेको प्रवन्धक पाेखरेलले बताए ।
प्रवन्धक पाेखरेलका अनुसार महालक्ष्मीकाे लालबन्दी शाखाले करिव ७ हजार काे हाराहारीमा रहेका आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ ।
राधाकृष्ण शिवालय धर्मशाला निर्माण संस्थाका अध्यक्ष देवीबन्धु थापाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका प्रवन्धक सुदिप चन्द्र पाेखरेल ,राधाकृष्ण रामजानकी वैदिक संस्कृति गुरूकुलम् का अध्यक्ष मधव खरेल मन्तव्य राखेका थिए ।
कार्यक्रममा लालबन्दी नगरपालिकाका पूर्व सचिव साेम प्रसाद न्याैपाने,बैंकका कर्मचारीलगाएको उपस्थिति रहेको थियो ।कार्यक्रमकाे सञ्चालन विष्णु भट्टराईले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.