१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीका आठवटा अवैध क्रसर उद्योग बन्द – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीका आठवटा अवैध क्रसर उद्योग बन्द

सर्लाही,२४ पुष ।सर्लाहीका आठवटा अवैध क्रसर उद्योग आइतबार बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले अनुगमन गरेर नियम विपरीत संचालन भएका क्रसर उद्योग बन्द गरिएको हो।

बन्द हुने क्रसर उद्योगमा बागमती स्यान्ड प्रोसेसिङ बागमती, हरि ओम एग्रिगेट इन्डस्ट्रीज बागमती, एलिट एग्रिगेट प्रालि बागमती, भिजनरक एन्ड सप्लायर्स वासिङ प्रालि बागमती, गौतम गिटी बालुवा प्रशोधन एन्ड क्रसर उद्योग बरहथवा, हजरिया बालुवा गिटी प्रशोधन कम्पनी प्रालि बरहथवा, दुर्गे उद्योग बागमती र हजरिया बालुवा गिटी प्रशोधन कम्पनी बरहथवालाई बन्द गरिएको सर्लाहीका प्रहरी उपरीक्षक एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो।

अनुगमनको क्रममा अधिकाँस क्रसर उद्योगको नवीकरण फेल भएको ,सार्वजनिक जग्गा अतिक्रम गरि स्थापना गरिएको र गाउँवस्ती छेउमा संचालन गरेको भेटिएको छ। सर्लाही उतरी क्षेत्रमा संचालन भएका धेरै उद्योगको अझै अनुगमन गर्न बाकी रहेको बताएको छ। सर्लाहीमा सबैभन्दा बढी क्रसर उद्योग बागमती नगरपालिका र बरहथवा नगरपालिका भित्र संचालन भएका छन्।

ती क्रसर उद्योगले मापदण्ड विपरीत खोला तथा नदीबाट अवैध गिट्टी बालुवा उत्खनन गरिरहेका छन् । नियम मिचेर संचालन गरेका उद्योग छिट्टै अब बन्द हुने स्थानीय प्रशासनले दावी गरेको छ। आज केहि क्रसर उधोग बन्द गरिएको छ । सोमवार जिल्ला समन्वय समितिका पदाधिकारीहरु सँग बसेर छलफल गरी मंगलवार बाट क्रसर उधोगको अनुगमण गरिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । सर्लाहीमा अझै पनि कतिपय क्रसर उधोग अबैध रुपमा संचालित छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.