१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा एकिकृत घुम्ती शिविर : शिविरमा विभिन्न सेवा प्रवाह – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ईश्वरपुरमा एकिकृत घुम्ती शिविर : शिविरमा विभिन्न सेवा प्रवाह

सर्लाही, २४ पौष ।सर्लाहीको ईश्वरपुर नगरपालिकामा आइतवार भएको एकिकृत घुम्ती शिविरमा विभिन्न सेवा प्रवाह भएको छ ।

एकिकृत वडा नं. १३ र १४ मा गरिएको घुम्ती सेवा शिविरमा योजना सम्झौता, व्यवसाय दर्ता तथा नविकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र वितरण, ६८ वर्ष पुरा गरेका जयेष्ठ नागरिकलाई च्यवनप्राश तथा अन्य आयुवेर्दिक औषधी वितरण, निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण, बालि सम्बन्धि रोग परिक्षण, माटो परीक्षण, परजिवी नियन्त्रण, कृतिम गर्भ धारण, तथा औषधी वितरण, न्यायिक समितिमा मुदा दर्ता र गुणासो संकलन गरिएको ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै ईश्वरपुर नगरपालिकाले वडा नं. १४ मा रहेको श्री जन्ता मा.वि. श्रीनगरको प्राङ्गगनमा चालु आ.व. २०७९÷०८० को पहिलो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरेको प्रशासकीय अधिकृत श्रेष्ठले जनाएको छ ।सार्वजनिक सुनुवाईमा स्थानियले उठाएको प्रश्नहरुको जवाफ नगर प्रमुख आचार्यले दिनुभएको थियो ।

यसैगरी वडा नं. १३ र १४ गरी ३ सय ७६ जना जयेष्ठ नागरिकहरुलाई निःशुल्क आयुर्वेदिक औषधी वितरण गरिएको छ ।ईश्वरपुर नगरपालिकाको आयोजनामा आइतवार जयेष्ठ नागरिक सँग मेयर कार्यक्रम गरी नगर प्रमुख मनोज कुमार आचार्यले जेष्ठ नागरिकहरुलाई च्यावन प्रास, आयुर्वेदिक चियापती एक बटा लगायत अन्य औषधी वितरण गर्नुभएको छ ।

जयेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै जयेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य संरक्षण एवम प्रवद्र्धनको लागि औषधी वितरण गरिएको ईश्वरपुर नगरपालिकाले जनाएको छ । यसैगरी नगरपालिकाले एकिकृत घुम्ती शिविरमा एलोपेथिक तर्फ विभिन्न रोगी गरी १९१ जनाको समान्य उपचार पश्चात निःशुल्क औषधी वितरण गरिएको ईश्वरपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.