१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा बाल विवाह, बालश्रम न्युनीकरण गर्न जनचेतना मुलक कार्यक्रम गरियो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगरमा बाल विवाह, बालश्रम न्युनीकरण गर्न जनचेतना मुलक कार्यक्रम गरियो

सर्लाही,२९ पुष । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बाल विवाह तथाबालश्रम न्युनीकरण सम्बन्धि घरदैलो कार्यक्रम गरिएको छ । शुक्रवार वडा स्तरीय बाल अधिकार समितिको नेतृत्वमा बाल विवाह तथा बालश्रम न्युनीकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिएको हो ।

बाल अधिकार समिति चन्द्रनगर वडा नं.२ को आयोजना र अस्ट्रेलियन एड, ह्यान्डीक्याप इन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, विश्व शिक्षा, तथा वल्र्ड भिजनको साझेदारीमा संचालित सिकाइ परियोजना अन्तर्गत चन्द्रनगर गाउँपालिका वडा नं. २ बबरगंजमा जनचेतनामा मुलक घरदैलो कार्यक्रम गरिएको छ ।

यसैगरी अपांगता भएका बालबालिकालाई शिक्षामा पहुँच तथा सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष सम्भु साह, वडा सदस्य राम राय, नेपाल प्रहरीका प्रतिनिधि लगायत अन्य विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.