२६ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा माघे संक्रान्तिको तयारी तिब्र, स्थानियहरु किनमेल गर्न व्यस्त – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा माघे संक्रान्तिको तयारी तिब्र, स्थानियहरु किनमेल गर्न व्यस्त

सर्लाही,२९ पुष । नेपालमा सार्वजनिक विदा दिइने माघ महिनाको पहिलो दिन माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो । यसैक्रममा माघे संक्रान्ति तयारी गर्न सर्लाहीका बजारहरुमा किनमेल गर्नेको भिड लागने गरेको छ ।

सर्लाहीको लालबन्दी, ईश्वरपुरको बयलबास बजार, बरहथवा बजार, मलंगवा बजार लगायतको मुख्य व्यपारीक स्थलहरुमा माघे संक्रान्ती मनाउन पुर्व तयारी स्वरुप यतिबेला किनमेलमा व्यस्त भएको छ ।स्थानियहरु यतिबेला मुख्य बजारहरु बाट माघे संक्रान्ती पर्व मनाउन पुर्व तयारी स्वरुप विभिन्न परिकार बनाउन तरुल, तिल, भुजा, चिउरा, जनेरा, मिठा लगायतको विभिन्न सामग्रीहरु किन्न व्यस्त भएको चन्द्रनगरका स्थानिय संजय चौधरीले बताए । ज्योतिषशास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो ।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेतापनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर समुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या÷सेर्ल्हेस पनि भनिन्छ ।

माघ सङ्क्रान्तिमध्ये जाडोको रमाइलो पर्व भएको चन्द्रनगर गाउँपालिका वडा नं. ३ बस्ने राजेश चौधरीले बताए । यो दिन मकर राशिमा सूर्यको गमन हुने सङ्क्रान्ति हो यस दिनदेखि सूर्य उत्तरायणमा लाग्नुहुन्छ । उत्तरायण छ महिना देवताहरूको दिन हो दक्षिणायण छ महिना देवताहरूको रात हो । यो सङ्क्रान्तिदेखि देवताको उज्यालो दिन हुनाले यस दिनदेखि ६ महिना सम्म विवाह व्रतबन्ध आदि ठूला ठूला कार्यहरू गरिन्छन् । जस्तो कोटी होम, लक्ष होम, काम्य वृषोत्सर्ग ।

यो सङ्क्रान्तिलाई अयन सङ्क्रान्ति पनि भनिन्छ । घ्यू चाकु खाने दिन हो पौषमा पकाएको पाक मकर सङ्क्रान्तिमा खाने चलन पनि छ त्यो हो उसिनेको पोलेको तरुल । यो दिन तेल लगायो भने १ वर्ष सम्म शरीर निरोगी हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.