१० मंसिर २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चार दिन देखि डा.महावीर पुन सर्लाहीमा – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

चार दिन देखि डा.महावीर पुन सर्लाहीमा

सर्लाही,१४ मंसिर । वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन चार दिन देखि सर्लाहीमा पुस्तक बिक्री गरिरहनु भएको छ ।बागमती नगरपालिका हुदैँ डा. पुन आज बरहथवा नगरपालिकामा पुस्तक बिक्री गर्नुभएको छ । डा.महावीर पुनको जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्न उहाँ आफै सर्लाही आउनु भएको छ ।

कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची महाकाली महाअभियान सञ्चालनका क्रममा हाल सम्ममा १ लाख ४० हजार बढी पुस्तक बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो । सर्लाहीमा करिब ३ हजार पुस्तक विक्री भएको र १० दिन सम्म सर्लाही बसिने डा. पुनले बताउनुभयो । सर्लाहीको लालबन्दी, हरिवन, बागमती, र बरहथवामा किताव बिक्री वितरण भैसकेको छ अब बाँकी पालिकाहरुमा निम्तो अनुसार पुस्तक बिक्री हुने उहाले बताउनुभयो । आज मात्र बरहथवाको स्टार लाइट बोर्डिङ्ग, सन लाइट बोर्डिङ्ग, गुरुकुल एकेडमी, दिव्य ज्योती बोर्डिङ्ग, नव किरण बोर्डिङ्ग, गायत्री बोर्डिङ्ग, चन्द्र ज्योती बोर्डिङ्ग स्कुल लगायत ठाउँहरुमा पुस्तक वितरण गरिएको छ ।

कृषि औजार कारखाना तुरुन्तै सञ्चालनका लागि मलाई अहिले नै पैसा आवश्यक परेकाले हतोहात किताब बिक्री गर्दै हिँडिरहेको छु ।”
कृषि औजार कारखाना सञ्चालनमा ल्याएर नेपालका ग्रामीण क्षेत्रका किसानको हातमा कृषि औजार पठाउने लक्ष राखिएको उहाँले जानकारी दिनुभयो । चीन र भारतबाट जे जति मात्रामा अहिले कृषि औजार आयात भइरहेको छ, त्यसको १० प्रतिशत औजार स्वदेशमै उत्पादन गर्न सके पनि ठुलो पुँजी स्वदेशमै रोक्न सकिने उहाँले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button