
- सर्लाही, माघ ६ गते ।। सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा १०२ जना चिसो प्रभावितहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
जिल्ला विपत व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको रोहवरमा ब्रह्मपुरीका चिसोबाट प्रभावित अत्ति विपन्न तथा दलित परिवारलाई जाडोमा न्यानो प्रदान गर्ने उदेश्यले राहत स्वरुप ब्लैकेट वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयले संघीय सरकार र मधेश प्रदेश सरकारबाट प्राप्त रकमले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत लक्षित समुदायलाई न्यानो कपडा वितरण गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले
जनाएको छ ।