१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गर्मीका कारण सर्लाहीमा पनि विद्यालय बन्द हुदैँ – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

गर्मीका कारण सर्लाहीमा पनि विद्यालय बन्द हुदैँ

सोम दियाली
जेष्ठ १७ गते । अत्यधिक गर्मी बढेपछि सर्लाहीमा धमाधम विद्यालय बन्द हुन थालेका छन् ।
चर्को घाम लाग्ने र तातो हावा समेत चल्न थालेपछि बालबालिकाको पठनपाठनमा समस्या आउने भन्दै यहाँका पालिकाहरुले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् ।

जिल्लाको ईश्वरपुर, लालबन्दी, बरहथवा, मलंगवा लगायतका विभिन्न पालिकाहरुले वर्षे विदाबाट कट्टा हुने गरी प्रतिकुल मौसम अवधि भर विपद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । त्यस्तै कविलासी नगरपालिकाले भने कक्षा समय घटाएर पठनपाठन जारी राख्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णु यादवले जारी गर्नुभएको एक सूचना अनुसार गर्मीका कारण पठनपाठन प्रभावित हुने, बालबालिका अचेत हुने अवस्था आएकोले विद्यालय सञ्चालनको समय व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

हाल कविलासी नगरपालिकाका विद्यालयहरु विहानको समयमा सञ्चालन भईरहेकोले अर्को सूचना जारी नहुन्जेल प्रति घण्टी १०देखि १५ मिनेट समय घटाई कक्षा सञ्चालन गर्न सूचनामा भनिएको छ । प्रमुख प्रशासकीय अधिकृत यादवले नगरप्रमुखको निर्देशन भन्दै विहान १० बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न नगरका सबै विद्यालयहरुलाई अनुरोध गर्नुभएको छ ।

विद्यालय बन्द रहेको अवस्थामा पनि २०७३ वैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप अभियानमा सहभागि गराउन अनुरोध समेत गरेका छन । यसैबीच अत्यधिक गर्मीका कारण सर्लाहीको जनजिवन कष्टकर बन्दै गएको छ । गर्मीका कारण सर्लाहीमा पानिको मुहान समेत सुक्दै गएको ईश्वरपुर नगरपालिका बस्ने युवा नाथुराम चौधरीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.