१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
फेरिए सर्लाहीका सिडियो, प्रजिअ धमाला जाँदै अधिकारी आउँदै – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

फेरिए सर्लाहीका सिडियो, प्रजिअ धमाला जाँदै अधिकारी आउँदै

सर्लाही। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको सरुवा भएको छ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बुधबारको निर्णय अनुसार सर्लाहीका प्रमुख जिल्ला अधिकारी धमलासहित गृहका २५ जना सहसचिवको सरुवा तथा हेरफेर भएको हो ।
गृहको सूचि अनुसार सर्लाहीका प्रजिअ सहसचिव धमलालाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
झण्डै ८ महिनाअघि अर्थात २०८० असोज २९ गते प्रमुख जिल्ला अधिकारीको रुपमा सर्लाही आउनुभएका धमलाले जिल्लाको शान्ति सुरक्षामा उल्लेखनिय काम गर्नुभएको जिल्लावासीले बताएका छन् ।
यता प्रजिअ धमलाको ठाउँमा हाल कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत गोपाल कुमार अधिकारी सर्लाही आउनुहुने भएको छ । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार उहाँलाई कञ्चनपुरबाट सर्लाहीमा सरुवा गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.