
सर्लाही, १२माघ ।सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेमाथि वडाध्यक्षहरुले बिहीबार कार्यकक्षमा नै हातपात गरेका छन् । हातपात गर्नेमा जसपाबाट निर्वाचित वडाध्यक्ष राम स्वार्थ राय, उमेश राय र प्रमोद राय रहेका छन्।
नगरपालिकामा छलफल चलिरहेको बेला कार्यालय सहयोगी भर्नाको विषयमा विवाद हुदा प्रमुख प्रशासकिय अधिकृत न्यौपानेमाथि हातपात भएको कर्मचारीहरुले बताएका छन् ।
कर्माचारीहरुले जनप्रतिनिधिबाट कार्यकक्षमा नै यसरी प्रमुख प्रशासकीय अधिकृत माथि भएको हातपात निन्दा र भत्सर्ना गर्दै सुरक्षाको ग्यारेन्टी नभएसम्म कार्यालयको कुनै पनि कामकाज नगर्ने सुझाव सहित नगर प्रमुख बिनोद कुमार साहलाई ज्ञापनपत्र बुझाएका छन्।
कर्माचार्यले प्रमुख प्रशासकीय अधिकृतमाथिको हातपात तथा दुर्व्याहार प्रति भर्त्सना गरिदै दोषिलाई तत्कालै कारबाहीको माग गरेको छन । वडाध्यक्षहरुले भने प्रशासकीय अधिकृत माथि कुनै किसिमको हातपात र दुर्ववहार नगरेको दावी गरेका छन्