९ असार २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
महिलाहरुलाई सिलाई कटाई तालिम – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

महिलाहरुलाई सिलाई कटाई तालिम

महोत्तरी, ३२ जेष्ठ ÷ एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत महिलाहरुका लागि सिलाई कटाई सम्बन्धी सीपमुलक तालिम आज जेष्ठ ३२ गते एकडारा गाउँपालिकामा सम्पन्न भएको छ ।
३ सय ९० घण्टाको दोश्रो तहको उक्त ३ महिने सिलाई कटाई तालिममा एकडारा गाउँपालिकाका विभिन्न वडाका १७ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी महिलाहरुले गत वर्ष पहिलो तहको तालिम प्राप्त गरी सिलाई कटाईमा संलग्न भइरहेका र उनीहरुको थप क्षमता अभिवृद्धि गर्नको लागि दोश्रो तहको तालिम संचालन गरिएको कुरा संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।
एकिकृत ग्रामिण विकास समाजका कार्यक्रम अधिकृत आरती चौधरीले संचालन गर्नुभएको तालिमको समापन कार्यक्रममा तालिम प्रदायक संस्था गण्डकी टेक्निकल इन्टिच्यूट, पोखराका व्यवस्थापक मनोज थापा, प्रशिक्षक मुनिर मोहम्मद, संस्थाका निवर्तमान सचिव उमेश न्यौपाने समेतले मन्तव्य ब्यक्त गर्नुभएको थियो । उक्त समापन कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष फूलमाया घिसिङले गर्नुभएको थियो भने तालिमका सहभागीहरुले समग्र तालिमको अनुभव सुनाउँदै सिकेको सीपलाई लागु गरी सिलाई कटाई ब्यवसायलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
ब्यवसाय शुरुवातका लागि सिलाई मेसिन, फर्निचर लगायतका आवश्यक औजार तथा उपकरणहरु यस अगाडि नै प्रदान गरिएको एकिकृत ग्रामिण विकास समाजका कार्यक्रम अधिकृत आरती चौधरीले जानकारी दिनुभयो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.