११ असार २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सिम्रौनगढ नगपालिका कलैयाबाट सञ्चालन भएपछि सर्वसधारणलाई सास्ती – Nigrani Today
ताजा खबर

सिम्रौनगढ नगपालिका कलैयाबाट सञ्चालन भएपछि सर्वसधारणलाई सास्ती

कलैया ।बाराको सिम्रौनगढ नगरपालिका कलैयाबाट सञ्चालन हुने गरेको छ । सरकारले गाउँ गाउँमा सिंहदरबार र सर्वसधारणलाई सेवा दिने उदेश्यले पालिकाबाटै बिभिन्न सेवा उपलब्ध गराउँ खोजेपनि सिम्रौनगढबासी दुख पाईरहेका छन् ।

सिम्रौनगढ नगरपालिकाका मेयर किशोरीप्रसाद कलवार र निमित प्रमुख प्रशासकीय अधिकृत जयनारायण यादव सिम्रौनगढ नगरपालिकाबाट दिनुपर्ने सेवा कलैयाबाट दिने गरेका छन् । कुनै प्रकारको सिफारिस वा अन्य कुनै काम पर्यो भने सिम्रौनगढका सर्वसधारण कलैया आउँनुपर्ने बाध्यता रहेको छ ।

सिम्रौनगढ नगरपालिकामा प्रशासनिक भवन तयार भईसकेको छ । तर मेयर कलवारले सिम्रौनगढमा आफ्ना आफन्तको घर र कलैयामा आफ्नै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । सो वापत मेयर कलवारले ९५ हजार मासिक घरभाडा आफैले बुझने गरेका छन् ।

कलैयाबाट कार्यालय सञ्चालन भएपछि त्यहाँ रहेको नगर अस्पताल समेत अस्तव्यस्त भएको छ । पहिला २४ घण्टा सेवा उपलब्ध हुने सिम्रौनगढ नगर अस्पताल अहिले दिउसो मात्रै सञ्चालन हुने गरेको छ । मेयर कलवार र निमित प्रशासकीय अधिकृत यादवले नगर अस्पताल नियमित र २४ घण्टा सञ्चालन गर्न असफल भएका छन् ।

५०औं लाखको औषधी तथा ल्याबको केमिकल म्याद गुजरेको अवस्थामा पुगेपछि नगरपालिकाले स्वास्थ्य संस्थामा पठाउँने गरेका छन् । मेयर कलवार र निमित प्रशासकीय अधिकृत यादवले सर्वसधारणको जिवनसंग खेलवाड गरिरहेको स्थानीयले गुनासो गरेका छन् । सोही कारण नगर अस्पतालमा दिनहुँ आउने बिरामीको संख्या समेत घटेको छ ।

इन्धनमा खोटाला गरेपछि अहिले सिम्रौनगढ नगरपालिकाका मेयर कलवार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको मुद्धा परेको छ । मेयर कलवारले कोतवाली स्थित आफ्नै जानकी आयल स्टोरबाट नगरपालिकालाई इन्धन उपलब्ध नगराई १२ लाख भुक्तानि गरेका थिए । तर अहिले चौकचौरहामा मेयर कलवारले अख्तियार प्रमुख प्रेम राईलाई नै मिलाईसकेकाले केही नहुने भन्दै गफ दिदै हिडने गरेका छन् । नौ महिना अघि मुद्धा परेपनि कुनै प्रकारको कारवाही अख्तियारले नगर्दा उनले यस्तो गफ दिने गरेको बताइएको छ ।

मेयर कलवार र निमिति प्रमुख प्रशासकीय अधिकृत यादवले अहिले जानकी आयल स्टोरबाट इन्धन उपलब्ध गराएर कोतवाली स्थित कुशवाहा आयल स्टोरको नाममा भुक्तानी गर्ने गरेका छन् ।

मधेस प्रदेशले निजामति ऐन अहिले नल्याएको र स्थानीय सरकारले समेत कानून निर्माण नगरी मेयर कलवार र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत दिनेश न्यौपानेको मिलेमतोमा छैठो तहका कर्मचारी यादवलाई सातौं तहमा स्तर बृद्धी गरी निमिति प्रशासकीय अधिकृत बनाइएको छ । कलवार र यादवको मिलोमतोमा सिम्रौनगढ नगरपालिकामा बिभिन्न शिर्षकमा अनियमितता समेत हुने गरेको छ ।

कलवार र यादवले बिभिन्न योजना नगरसभाबाट पारित नगरी भक्तानि गर्दै आएका छन् । यस्तै इन्धन, हडताल भएको समयको समेत बिद्यालयको खाजामा पैसा निकासा गरी भ्रष्टाचार गरेका छन् । शिक्षकको तलबको बिषयलाई लिएर सिम्रौनगढ नगरपालिकाका बिद्यालयमा ६ महिना भन्दा बढी हडताल हुँदा समेत कलवार र यादवले खाजाको रकम निकास गरी अनियमितता गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.