३० फाल्गुन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाल रेडक्रस सोसाइटी हरिपुर उपशाखाका निर्वाचित पदाधिकारीहरुलाई गरे कांग्रेस सर्लाहीले सम्मान – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

नेपाल रेडक्रस सोसाइटी हरिपुर उपशाखाका निर्वाचित पदाधिकारीहरुलाई गरे कांग्रेस सर्लाहीले सम्मान

नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाही र नेपाली कांग्रेस प्रदेश ख द्धारा नेपाल रेडक्रस सोसाइटी हरिपुर उपशाखामा निर्वाचित पदाधिकारीहरु लाई सम्मान गरेको छ । आज हरिपुरमा नेपाली कांग्रेसको आयोजनामा नेपाल रेडक्रस सोसाइटी हरिपुर उपशाखाका सभापति चन्द्रिका साह लगायत अन्य पदाधिकारीलाई पनि सम्मान गरेको छ ।

नेपाली कांग्रेस सर्लाहीले महिला उपसभापती देव कुमारी थापा,सचिव एकेन्द्र कुमार बस्नेत, उप सचिव सहदेव दास बनिया, कोषाध्यक्ष बासुदेव साह , उपकोषाध्यक्ष रमेश कुमार साह रौनियार, महिला शोभा कुमारी श्रेष्ठ , खुल्ला सदस्य रामा चालिसे,महाविर दास कथबनिया , राजन प्रसाद पोखरेल ,धर्मविक्रम कार्कीलाई सम्मान गरेको कार्यक्रमका संचालक सुर्य चालिसेले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका सभापती सुरेन्द्र सिंह,संविधान सभा सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश सांसद जंगीलाल राय, जिल्ला समन्वय समिति सर्लाहीका सभापती कौशल सिंह, नेपाली कांग्रेस मधेश प्रदेश कार्य समिति सदस्य सोनी बमजङ लगायत जिल्ला भरीको नेताहरुको उपस्थित रहेको कार्यक्रम संचालक चालिसेले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button