३२ श्रावण २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
छुट्टाछुट्टै दुर्घटनामा परी सर्लाहीमा दुईको मृत्यु, दुई जना घाइते – Nigrani Today
ताजा खबर

छुट्टाछुट्टै दुर्घटनामा परी सर्लाहीमा दुईको मृत्यु, दुई जना घाइते

सर्लाही,३० साउन । सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । मुत्यु हुनेमा चक्रघट्टा गाउँपालिका वडा नं. ५ पडरियाका ६० वर्षीय बरन बैठा र ईश्वरपुर नगरपालिका वडा नं. ७ पोखरी टोलका २४ वर्षीय अमनदिप राम रहेका छन ।

चक्रघट्टा गाउँपालिका वडा नं. ५ पडरियास्थित भित्री सडकखण्डमा बिआर ३० ए जी ५०३६ नम्बरको मोटरसाइकलले पैदल यात्री बैठा र सोही स्थानका २० वर्षीय दीपक मण्डललाई ठक्कर दिएका थिए । ठक्कर बाट बैठा र मण्डल गम्भीर घाइते भएका थिए।दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक चक्रघट्टा वडा नं. १ का २० वर्षीय हरे कृष्ण यादव पनि घाइते भएका छन्। मण्डल र मोटरसाइकल चालक यादवको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय चक्रघट्टाले जनाएको छ।

यस्तै सर्लाहीका ईश्वरपुर नगरपालिका वडा नं. ७ पोखरी टोलका २४ वर्षीय रामको बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो । गत मंगलबार दिउँसो करिब २ बजे पोखरियाबाट राईटरखोरतर्फ जाँदै गर्दा ईश्वरपुर–१ चौलिखास्थित भित्री सडकखण्डमा दुर्घटना हुदाँ राम गम्भिर घाइते भएका थिए ।

तीव्र गतिका कारण उनले चलाएको एचपी. ५५ सी. ६१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालामा खसेको थियो । दुर्घटनामा परी रामको टाउको, छाती, खुट्टालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनलाई तत्कालै उद्धार गरी बयलबासस्थित अमृत मेडिकलमा प्रारम्भिक उपचारका लागि लगिएको थियो ।

अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनलाई बाराको एलएस न्युरो अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सोही अस्पतालमा उपचारकै क्रममा बिहीबार साँझ करिब पौने सात बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक रामले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्र पनि नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button