१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
गत सालको तिहारमा भन्दा यो साल फुल उत्पादनमा वृद्धि, घर-घरमा सयपत्री ढकमक्क “ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

गत सालको तिहारमा भन्दा यो साल फुल उत्पादनमा वृद्धि, घर-घरमा सयपत्री ढकमक्क “

भक्ती रिजाल
सर्लाही । यो बर्ष भाइ टिकाका लागि सयपत्री फूलको माला अभाव नहुने देखिएको छ । भाइ टीका आउन एक हप्ता बाकी रहदा सयपत्री फुल भने घर घरमा ढकमक्क फुलेको देख्न सकिन्छ ।

गत बर्ष सयपत्री फुलको उत्पादन कम थियो । यो बर्ष भने सबैका घरमा फुल फुलेको देखिन्छ । गत साल तिहारमा फुलको अभाब देखिएको थियो भने यो बर्ष सयपत्री फुलको अभाब नरहने बरहथवानगरपालिका वडा नम्बर दुइका स्थानिय राजन न्यौपाने बताउछन् । “आफ्नो घरबारी र करेसामा सयपत्री ढकमक्क फुलेको उनले सुनाए ।

यो बर्ष भाइ टीका ढिलो भएर पनि होला घरमै फुलेको सयपत्री फुलको माला लगाउन पाउने भए पछी स्थानीयमा खुसी छाएको देखिन्छ ।
सयपत्री फुल गाउँमै पर्याप्त फुलिसकेकोले बजार पुग्नु नपर्ने बताउछन् । हजरिया २, निवासी योगेन्द्र आले, “यो बर्ष सयपत्री फुल सबैको घरमा ढकमक्क फुलेको छ । त्यसैले फुलको अभाब नहुने आलेले सुनाए ।

आफ्नै गाउँ-घरको आँगन, खेतको आली तथा गमलामा पर्याप्त फुल फुलेकाले माला किन्न बजार सम्म जानू नपर्ने आलेले सुनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.