३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही एम्बुलेन्स काण्ड ः जिम्मेवार पदाधिकारी नै उपस्थित नभएपछि साधारणसभा नै स्थगित – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाही एम्बुलेन्स काण्ड ः जिम्मेवार पदाधिकारी नै उपस्थित नभएपछि साधारणसभा नै स्थगित

लालबन्दी, माघ २९ गते । सामुदायिक स्वास्थ्य सेवा समाज नेपाल परवानीपुरको साधारणसभा स्थगित भएको छ । शनिवार हुने भनिएको संस्थाको साधारणसभा आवश्यक कोरम संख्या नपुगेपछि आगामी फागुन ७ गते हुने गरी स्थगित भएको हो ।
हाल लालबन्दी नगरपालिका वडा नम्बर १५ र १६ मा विभाजन भएको साविक परवानीपुर गाविस हुँदै स्थापना भएको सामुदायिक स्वास्थ्य सेवा समाज नेपालले २०६७ सालमा श्रीमद भागवत लगाई संकलन गरेको रकमबाट एम्बुलेन्स खरीद गरी सञ्चालन गरिरहेको थियो ।
तर समितिको लापरवाहीका कारण एम्बुलेन्स सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेपछि समितिले एम्बुलेन्स विक्री गरेर अर्को एम्बुलेन्स ल्याउने प्रयास गरेको थियो । तर संस्थाको एम्बुलेन्स विक्री गर्न नमिल्ने भएपछि स्थानीय एक युवालाई ३ लाख ७५ हजारमा चलाउन दिईएको थियो । ती युवाले पनि एम्बुलेन्स सञ्चालन गर्न नसकेपछि छिमेकी वडा रानीगञ्जका एक युवालाई ५ लाख २० हजारमा विक्री गरेका थिए ।
गाउँमा एम्बुलेन्स नदेखेपछि र विरामीले सहज एम्बुलेन्स सेवा नपाएपछि स्थानीय यूवाहरुले एम्बुलेन्सको खोजी गरे । युवाहरुको गुनासोलाई समितिले वास्तै नगरेपछि जिल्लाका केही संचार माध्यमहरुले स्थानीयको भनाईलाई आधार बनाएर समितिले एम्बुलेन्स विक्री गरेको भन्ने आशयको समाचार प्रकासन गरेपछि समितिले रातारात एम्बुलेन्स फिर्ता ल्याए । हाल एम्बुलेन्स परवानीपुर प्रहरी चौकीमा राखिएको छ भने त्यसको साँचो वडाअध्यक्षद्वय गोरख बहादुर बल र गणेश बहादुर थापाको जिम्मा लगाईएको छ ।
समितिले एम्बुलेन्स फिर्ता ल्याएपछि भने अब स्थानीयले एम्बुलेन्स र संस्थाको हरहिसाब सार्वजनिक गर्नुपर्ने भनेपछि समितिले माघ २८ गते साधारण सभा बोलाउने बतयो । त्यसपछि स्थानीयले माघ २८ कुरे तर माघ २८ मा पनि कार्यसमितिका पदाधिकारी र शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति नभएपछि साधारणसभा स्थगित भयो ।
साधारणसभा हुन नसकेको विषयलाई लिएर स्थानीयले समिति माथि थप आशंका गरेका छन् । उनीहरुले समितिको मनसाय नै साधारणसभा नगराउने रहेको आफूहरुले बुझेको स्थानीयले बताएका छन् । उनीहरुले फागुन ७ गते तोकिएको साधारणसभा पनि सफल नभएमा आफूहरुले समिति विरुद्ध कडा कदम चाल्ने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.