
सर्लाही,२१ भदौ । सर्लाहीको पर्सा गाउँपालिकामा शरिरीक अपाङ्ग भएका बालबालिकालाई सहायक सामग्री वितरण गरिएको छ ।
बागमती सेवा समाज नेपाल हरिवनको आयोजना, प्रेरणा शारीरिक पुर्न स्थापना केन्द्र तथा पर्सा गाउँपालिकाको समन्वयमा उक्त सहायक सामग्री आज वितरण गरिएको छ ।
बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गत पर्सा गाउँपालिका वडा नं. १ देखि ६ सम्म नै शरिरीक अपाङ्ग भएका २१ जना बालबालिकालाई सहायक सामग्री वितरण गरिएको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले जानकारी दिनुभयो ।
शरिरीक अपाङ्ग भएका बालबालिकालाइ ह्वील चेयर, स्याडल, लगायत विभिन्न सामग्री गरी ५ लाख ७२ हजार बराबरको सामग्री वितरण गरिएको परियोजना संयोजक बाँदेले जनाउनुभयो ।
