१९ आश्विन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेत्रगंज महिला बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न, संस्थाले गर्यो १९ लाखभन्दा बढी मुनाफा – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

नेत्रगंज महिला बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न, संस्थाले गर्यो १९ लाखभन्दा बढी मुनाफा

 

असोज १९, नवलपुर
प्रेमनाथ पौडेल

सर्लाहीको लालबन्दी–१, नवलपुरमा रहेको नेत्रगंज महिला बचत तथा ऋण सहकारी संस्थाको औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष मन्दिरा आचार्यको अध्यक्षतामा र पूर्व उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री तथा प्रदेश सदस्य बेचि लुङ्गेलिको प्रमुख आतिथ्यतामा सम्पन्न यो सभा संस्थाको आफ्नै कार्यालय प्राङ्गणमा शनिवार सम्पन्न भएको हो।

साधारण सभामा अध्यक्ष मन्दिरा आचार्यले कार्यपत्र प्रस्तुत गर्दै संस्थाको प्रगति विवरण राखिन्। संस्थाकी सचिव भबिता ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले ८ करोड ८१ लाख ९ सय ९७ रुपैयाँ ३७ पैसाको कारोबार गरेको र १९ लाख १९ हजार ४ सय २१ रुपैयाँ १६ पैसाको खुद मुनाफा आर्जन गरेको जानकारी दिइन्।

साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रम पनि सम्पन्न भयो। उत्कृष्ट बचतकर्ता दुईजना, असल ऋणी दुईजना, बालबचतकर्ता दुईजना र १६ प्रकारका बचत खाता सञ्चालन गर्ने एकजनालाई सम्मान पत्र र खादा प्रदान गरियो। साथै बालबचतकर्तालाई स्टेशनरी सामग्री जस्तै कापी र पेन्सिल पनि वितरण गरिएको व्यवस्थापक तुलसी पौडेलले जानकारी गराए।

संस्थाको स्थापना २०५८ सालमा ३६ जना सदस्य र ३ हजार ६ सय रुपैयाँ शेयर पूँजीबाट भएको थियो। सहकारीले हाल आफ्नै भवनबाट कारोबार सञ्चालन गर्दै १,२८५ शेयर सदस्यलाई समेटेको छ। संस्थाको शेयर पूँजी ९८ लाख ९१ हजार १ सय रुपैयाँ पुगेको छ। सहकारीले आफ्ना सदस्यहरूको आयआर्जन र जीविकोपार्जनमा टेवा पुर्याउन लघु उद्यम व्यवसायका साथै विभिन्न नीतिगत र प्रविधिमूलक सेवा प्रदान गरिरहेको छ।

संस्थाले बिजुली, टेलिफोन, खानेपानीको बिल भुक्तानी, रेमिटेन्स सेवा, जेष्ठ नागरिकका लागि तिर्थाटन भ्रमण, सहकारी शिक्षा, वित्तीय साक्षरता कार्यक्रम तथा बचत र ऋण कारोबार जस्ता सेवाहरू सञ्चालन गरिरहेको छ।

सभा सम्पन्न गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव केशब ढकाल, लालबन्दी नगरपालिका सहकारी शाखाका अधिकृत गोपाल थापा, लालबन्दी वडा नम्बर १ का कार्यबाहक अध्यक्ष अशोक महतो लगायतले सहकारीको प्रगति र योगदानको प्रशंसा गर्दै संस्थाको आगामी सफलताका लागि शुभकामना व्यक्त गरे।

महिला नेतृत्वमा सञ्चालन भएको यो सहकारीले जिल्लामा मात्र नभई प्रदेशभरि नै उत्कृष्ट कारोबार गर्दै आएको छ। सहकारी विभाग मधेश प्रदेशले समेत यसलाई उत्कृष्ट सहकारीको रूपमा सम्मान गरेको छ, जुन सहकारीको थप सफलताको प्रतीक हो।

 

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button