ताजा खबर
सर्लाहीमा एक वृद्धको रुखबाट लडेर मृत्यु
सर्लाही, कार्तिक २१ — सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ बुढाथोकी टोलमा एक वृद्धको रुखबाट लडेर मृत्यु भएको छ।
७२ वर्षीय छत्र बहादुर कार्की इपिलको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए। प्रारम्भिक रूपमा उनलाई स्थानिय मेडिकलमा उपचार गरिएको थियो।
थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारकै क्रममा करिब १६:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएको छ।