१७ माघ २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा ६ सय विपन्न बालबालिकालाई झोला वितरण – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

चन्द्रनगरमा ६ सय विपन्न बालबालिकालाई झोला वितरण

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ६ सय विपन्न विद्यार्थीलाई झोला वितरण गरिएको छ। विभिन्न विद्यालयमा आयोजना गरिएको झोला वितरण कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक सामग्रीको संरक्षणमा ठूलो योगदान पुर्याउने उद्देश्य राखेको छ।

चन्द्रनगर गाउँपालिका वडा १ स्थित प्रा.वि. लघुवा, वडा २ को सरस्वती प्रा.वि. दनुवारीटोल, वडा ३ को जनता प्रा.वि. कोरियाहीटोल, राजा अभिषेक प्रा.वि. बडकुर्वा, र राम जनता आधारभूत विद्यालय बडकुर्वामा रहेका विद्यार्थिहरूलाई झोला वितरण गरिएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राज कुमार महतो, वडा अध्यक्ष सिताराम महतो, निमित्त वडा अध्यक्ष रन्जित साह, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, र लिलि लिभ्सका प्रतिनिधिहरूको प्रमुख उपस्थिति थियो।

झोला वितरणको मुख्य उद्देश्य भनेको विद्यार्थीहरूले किताब र कापी काखमा च्यापेर ल्याउँदा ती सामग्रीहरू हराउने र च्यातने समस्या कम गर्नु हो। यसका अतिरिक्त, कक्षामा किताब कापीको सुरक्षाका लागि झोला वितरण गरिनु आवश्यक रहेको छ।

गाउँपालिका अध्यक्ष राज कुमार महतोले कार्यक्रममा बोल्दै भने, “हामीले विद्यार्थीहरूको शैक्षिक सामग्रीलाई सुरक्षित राख्नका लागि यो पहल शुरु गरेका छौं। यसले विद्यार्थीहरूको पढाइमा सहजता ल्याउनेछ र उनीहरूलाई पाठ्यपुस्तक र अन्य शैक्षिक सामग्री सुरक्षित राख्न मद्दत पुर्याउनेछ।”

वडा अध्यक्ष सिताराम महतो र निमित्त वडा अध्यक्ष रन्जित साहले पनि कार्यक्रमको महत्त्वपूर्णता र त्यसबाट स्थानीय बालबालिकाहरूको शैक्षिक अवस्थालाई सुधार्नका लागि उठाइएका कदमहरूको सराहना गरे।

कार्यक्रममा लिलि लिभ्सका प्रतिनिधिहरूले विद्यालयका बालबालिकाहरूलाई अझ थप शैक्षिक सहायता र सुविधाहरू उपलब्ध गराउने वचन दिएका छन्।

शिक्षा शाखाका देन कुमार महतोको पनि कार्यक्रममा विशेष उपस्थिति थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button