२१ माघ २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा ५१ हजार ७ सय २४ जना किशोरीलाई क्यान्सर विरुद्धको खोप दिइने – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

सर्लाहीमा ५१ हजार ७ सय २४ जना किशोरीलाई क्यान्सर विरुद्धको खोप दिइने

सर्लाहीमा ५१ हजार ७ सय २४ जना किशोरीलाई क्यान्सर विरुद्धको खोप दिइने भएको छ । जिल्ला स्तरिय खोप समन्वय समिती तथा सन्चारकर्मी बिचको अभिमुखिकरण गोष्ठीमा स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाले माघ २३ गतेदेखि २९ गते सम्म र फाल्गुन १ देखि ७ गते सम्म दुई चरणमा सर्लाहीका २० वटै पालिकामा क्यानसर विरुद्धको खोप संचालन हुने बताउनुभयो ।

। जिल्ला स्तरिय खोप समन्वय समिती अध्यक्ष कौशल किशोर सिंहको अध्यक्षतामा भएको गोष्ठी अभियानलाई सफल पार्न संचारकर्मीहरुको भुमिका महत्वपुर्ण हुने भएकाले गोष्ठीको आयोजना गरिएको हो ।

विधालय बाहिर रहेका १० देखि १४ वर्ष सम्मको किशोरी तथा विधालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यलय प्रमुख झाले बताएका छन् । महिलामा हुने पाठेघर मुखको क्यान्सर हुनबाट बचाउन निकै महत्वपुर्ण हुने खोप समन्वय समितिका अध्यक्ष कौशल किशोर सिंहले जानकारी दिनुभयो । साथै उहाँले नियमित खोप संगै सर्लाहीको लागि एचपिभी खोप संचालन हुनु गौरबको बिषय रहेको र अभियानलाई प्रभावकारी रुपमा संचालनका लागि स्वास्थ्यकर्मी र संचारकर्मीले पनि ब्यापक प्रचारप्रसार गर्न अनुरोध गर्नुभयो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले स्वास्थ्य सेवा सबैको पहुँच हुने गरीे लक्ष्ति वर्ग कोई पनि नछुटने गरी अभियान संचालन गर्नका निर्देशन दिनुभयो । देश व्यापी संचालनहुने कार्यक्रमलाई सर्लाहीमा सय प्रतिश्त लक्ष्य पुरा गर्ने गरी सबैको समन्वयका अगाडी बढनुपर्ने प्रजिअ श्रेष्ठले बताउनुभयो ।कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालय,डब्लुएचओ प्रतिनिधि लगायत संचरकर्मीहरुको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button