२१ माघ २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पहिलो प्राकृतिक नाढिमन ताल हराभरा, पर्यटक आउन सुरु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

पहिलो प्राकृतिक नाढिमन ताल हराभरा, पर्यटक आउन सुरु

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको नाढीमन ताल हराभरा भएको छ । मधेश प्रदेशकै पहिलो प्राकृतिक नाढिमन तालमा आन्तिरीक तथा बाह्य पर्यटकहरु आउन थालेका छन । बिगत लामो समय सम्म खडेरीका सुख्खा परेको ताल यो वर्ष बर्षातको समयमा पानि परेपछी पानिले भरी भराउ बनेको छ ।

ताल भरिभराउ भएपनि डुँगा तथा बोटहरु बिग्रेका कारण पर्यटकहरु आएर पनि फर्केर जाने गरेका थिए । तर पछिल्लो समय डुँगा तथा बोटहरु बनिसकेपछी पर्यटकहरु बोटिङ्गको मज्जा लिएर फर्किने गरेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । ५२ बिग्हा क्षेत्रफलमा फैलिएको ताल यतिबेला अतिक्रमणको कारण केही घुमचेको चन्द्रनगर निवासी स्थानि पुनित पासवानले बताउनुभयो ।

नढिमन तालमा दुई वटा ईलेक्ट्रिक बोट र १० वटा खुटाले चलाउने डुँगा रहेको छ । चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले नाढिमन तालमा आउन भारतीय तथा आन्तिरिक पर्यटकहरुलाई आउन आग्रह गर्नुभएको छ । ताललाई सौन्दर्यकरण गर्ने काम भैरहेको छ, तालमा गंगा आरतीको लागि पनि संरचनाहरु बनाउन सुरु गरिएको हुदाँ दिन मात्र नभई राति पनि यो ताल भ्रमण गर्न सकिने अध्यक्ष महतोले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button