२३ माघ २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
श्रीश्रीश्री १०८ महावीर झण्डा मेलाको उद्घाटन  – Nigrani Today
Uncategorized

श्रीश्रीश्री १०८ महावीर झण्डा मेलाको उद्घाटन 

भक्ती रिजाल
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ५ मा नौ दिन सम्म सञ्चालन  हुने  श्रीश्रीश्री १०८ महावीर झण्डा मेलाको उद्घाटन भएको छ ।  कार्यक्रमको प्रमुख अतिथि सर्लाही क्षेत्र नम्बर तीन `क` बाट निर्वाचित माननीय जवाहरलाल कुशवाहाले रिवन काटेर झण्डा मेलाको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै कुशवाहाले “विविध संस्कृतिले भरिएको हाम्रो देशभित्र सांस्कृतिक एकता र सद्भाव मुखरित भएको बताए ।

श्रीश्रीश्री १०८ महावीर झण्डा मेला अन्तर्गत पहिलो दिन २१ गते  कलश यात्रा भएको थियो । मेला आयोजक समितिका संयोजक  गंगाराम महतोको सभापतित्त्वमा भएको कार्यक्रममा विभिन्न बक्ताहरुले मेला सफलताको शुभकामना राखेका थिए ।

झण्डा मेला समितिका सल्लाहकार तथा नेकपा माओवादी (केन्द्र) हरिवन नगर कमिटी सचिव गौरी महतोले स्वागत मन्तव्य राख्दै: मेलाले सद्भाव र एकता बढाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी (केन्द्र)का हरिवन नगर कमिटी अध्यक्ष अर्जुन पन्तले मेला सफलताको शुभकामना राखेका थिए । शुभकामना मन्तव्य राख्दै अध्यक्ष पन्तले “शान्ति  सुरक्षालाई मध्यनजर गर्दै मेला सफल पार्न आयोजकलाई शुभकामना दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा नेपाल रास्ट्र बैंकका पुर्ब डाइरेक्टर रामहरी न्यौपाने मेला सफलताको शुभकामना राखेका थिए । त्यस्तै हरिवन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नागेन्द्र कुमार शाहले-“झण्डा मेलाको महिमा यसको
सफलतासंग जोडिएको हुँदा  मेला सफल पार्नु हामी सबैको कर्तव्य भएको बताए ।

एक लाख भन्दा धैरै ब्यक्तिले अवलोकन गर्ने र यहि २९ गते सम्म चल्ने श्रीश्रीश्री १०८ महावीर झण्डा  मेलामा विभिन्न मनोरञ्जनका सामग्रीहरु रोटे पिङ, केटाकेटीको खेलौना मिनी बजार विभिन्न जातीय खानाका परिकार तथा स्टलहरु रहने आयोजक समिति सदस्य सियारम कुशवाहाले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button