३० फाल्गुन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मजुर्वामा जारी तेश्रो कोद्राह गोल्डकप प्रतियोगिताको उपाधी बिरगंज युनाइटेड पर्साले उचालयो – Nigrani Today
खेलकुदताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

मजुर्वामा जारी तेश्रो कोद्राह गोल्डकप प्रतियोगिताको उपाधी बिरगंज युनाइटेड पर्साले उचालयो

सर्लाहीको हरिपुर ५ मजुर्वामा जारी तेश्रो कोद्राह गोल्डकप प्रतियोगिताको फाइनलमा आर एफ सी हरिवनलाई हराउँदै बिरगंज युनाइटेड पर्साले उपाधि उचालेको छ । आजको प्रतियोगितामा दुबै टिमले एक एक गोल गरेपछि पेनाल्टी सुटआउटमा १२ का बिरुद्ध १३ गोललेबिरगंज युनाइटेड विजयी भएको हो ।

स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद ’’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा समापन कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले विजेता टिमलाई प्रथम पुरस्कार नगद ७० हजार १०५ रुपैयाँ सहित शिल्ड, मेलड र प्रमाणपत्र दिनुभएको छ ।

त्यस्तै उहाले द्वितिय हुने टिमलाई नगद ४० हजार ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त प्रदान गर्नुभएको आयोजक राजा युवा क्लबका अध्यक्ष रभु हुसेन मोमिनले जानकारी दिनुभयो । आज भएको प्रतियोगितामा आयोजकसहित विभिन्न १२ ओटा टीमको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button