२६ श्रावण २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही सहित मधेशमा धुमधामका साथ रक्षा बन्धन मनाइयो – Nigrani Today
Uncategorizedताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाही सहित मधेशमा धुमधामका साथ रक्षा बन्धन मनाइयो

सर्लाही, पर्सा, बारालगायत तराई मधेसका जिल्लामा धुमधामका साथ राखी पर्व मनाइएको छ । दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको राखी पर्व तराई मधेसका जिल्लामा जनैपूर्णिमाका दिन मनाइन्छ ।पर्वका दिन दिदी–बहिनीले दाजु–भाइलाई नाडीमा राखी बाँधिदिएका छन् । पहिला पहिला धागोको मात्रै राखी हुने गरेकोमा हिजोआज विभिन्न खाले आर्कषक राखी बजारमा आएका छन् । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने चलन छ । यसबाट दिदी–बहिनी र दाजु–भाइका बीचमा प्रेमसम्बन्ध अझै बढ्छ भन्ने सामाजिक मान्यता छ ।शनिवार सर्लाही सदरमुकाम सहित जिल्लाको अधिकांश पसलहरुमा घुुइचो लागेको थियो । खासगरी मलंगवा, बयलवास, बबरगंज, बरहथवा, लालबन्दी लगायतका सर्लाहीको मृख्य व्यपारीक ठाउँमा मिठाई र राखी किन्नेहरुको भिड नै लागेको थियो । तराई मधेसका जिल्लाहरुमा रक्षाबन्धनको दिन दिदी बहिनीले आफ्ना दाजुभाइहरुका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधेर पर्व हर्सोउल्लासका मनाउने चलन रहेको छ ।राखी बाँधेर दिदी बहिनीहरुले दाजुभाइहरुलाई मिठामिठा परिकारहरु खुवाउँछ भने दाजुभाइहरुले उपहार स्वरुप, गच्छेअनुसार बिभिन्न उपहारहरुको साथै गहना र नगदी दिने गर्दछन् । भाइले सधैं दिदीबहिनीहरुलाई अप्ठेरोमा सहयोग गर्ने अपेक्षा राखिन्छ ।यसैबीच आफ्नो दिदीबहिनी नभएका र दिदीबहिनीहरु भएको ठाउँमा जान नभ्याएकाहरुले पनि विभिन्न तरिका अपनाएर राखी पर्व मनाएका छन् । विभिन्न स्थानमा सामूहिक रुपमा राखी बाँधेर पनि पर्व मनाइएको छ ।द्वापर युगमै देवी लक्ष्मीले राजा बलीलाई रक्षाबन्धन बाँधेर खुशी पारेकी थिइन् । त्यसपछि बलिले खुशी भएर के माग्छौं माग भनेर भन्दा उनले द्वारपालको रुपमा रहेका विष्णु भगवानलाई मागेर लिएर बैकुण्ठ गएको कथन रहेको उनले बताए ।
भविश्यपुराणमा उल्लेख्य भए अनुसार सत्य युगमा बारम्बार युध्दमा दानव राज दानवेन्द्र महावलि हारेर देवराज इन्द्र समेत लखेटिएका समस्त देबगणलाई सुरक्षा हेतु गुरु वृहस्पतिले रक्षा बिधान तयार पारी बाँधेको मंत्रित रक्षा सुत्रका कारण नै देवराज इन्द्र बिजयी भएका थिए भन्ने पौराणिक कथनबाट अभिप्रेरित रक्षाबन्धनको परम्परा हिन्दुहरुको लागि आजसम्म मानिदै आएको छ ।त्यसै गरी श्रीमद्भागवत महापुरणमा बर्णन भए अनुसार जप, तप र तपस्याबाट भगवान बिष्णुलाई आफुसँग बस्न बाध्य तुल्याउन सक्ने दानवराज वलिलाई बिष्णु भगवान नफर्किएर चिन्तित माता लक्ष्मीले चतु¥याइँका साथ रक्षा बन्धन बाँधेर आफ्नो भाइ बनाई दानावराज को कब्जाबाट बिष्णु भगवानलाई मुक्त गरेको दिन साउन शुक्ल पूर्णिमा कै दिन हो ।अर्को कथन अनुसार यमदुतले आफ्नी बहिनी यमुनासँग राखी बाध्ने क्रममा जस जसले यस दिन पवित्रताको राखी बाँद्दछन् ति सबै यमदुतका सजाय र भय बाट मुक्त हुन्छन भनी दिएको बचन अनुरुप राखी बाध्ने प्रचलन आएको भन्ने किंवदन्ती पनि रहेको छ ।यस दिन सबै जना जनै लगाउन तागाधारीहरुले पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन । यस दिन सबैले ब्राह्मण पुरोहित तथा भान्जाहरुसँग रक्षा बन्धन बाध्न लगाउने चलन छ । ब्रह्माण्डहरुले गाउँ घरमा सबैतिर गई सबै मानिसलाई रक्षा बन्धन बाँधेर टिका लगाई दिने गर्दछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button