१९ भाद्र २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कविलासीमा कलवार समुदायद्वारा भगवान बलभद्रको भव्य पूजा – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

कविलासीमा कलवार समुदायद्वारा भगवान बलभद्रको भव्य पूजा

सर्लाहीको कविलासी वडा नं. ८मा बलभद्र पुजा गरिएको छ । कलवार समुदायको कूल देवता भगवान बलभद्रको भव्य पूजा अराधना गरिएको छ ।

कलवार सेवा समिति कविलासीको आयोजनामा बलभद्र भगवानको पूजा अराधना गरी बलभद्र जयन्ती मनाइएको हो । प्रत्येक वर्ष भदौ शुक्ल षष्ठी तिथिका दिन बलभद्र जयन्ती मनाउने परम्परा रहेको छ ।

बुधवार भव्य कलश यात्रा समेत निकालिएको थियो । कलश यात्रामा पुजा समितिका पदाधिकारी, कविलासी नगरपालिकाका नगर प्रमुख ब्रह्म्देव राय, उपमेयर पुनम कर्ण,पूर्व मेयर कौशल यादव, बरहथवा नगरपालिकाका उपमेयर रामबाबु साह लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

भगवान कृष्णको दाई भगवान बलरामलाई बलभद्र भगवानको रुपमा चिनिन्छ । बललाई शक्ति र भद्रलाई अन्नको रुपमा परिभाषित गरिन्छ । बलभद्र भगवानलाई कृषी उत्पादनको प्रसादको भोग लगाउने प्रचलन रहेको छ । भगवानको पूजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको पुजा समितिका अध्यक्ष भरत साहले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button