१९ भाद्र २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना गोष्ठी सम्पन्न – Nigrani Today
ताजा खबर

हरिपुरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना गोष्ठी सम्पन्न

सर्लाहीको हरिपुर नगरपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना गोष्ठी सम्पन्न भएको छ ।
आ.ब. २०८१÷८२ मा सम्पादित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा तथा आगामी वर्षको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। भदौ १७ र १८ गतेसम्म चलेको उक्त कार्यक्रम नगर प्रमुख गोपाल पजियारको अध्यक्षतामा सम्पन्न भएको हो।

गोष्ठीमा नगर उपप्रमुख निलम देवी राय, प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, लेखा शाखा प्रमुख भुपेन्द्र कुमार सिंह, सामाजिक विकास समितिका अध्यक्ष प्रेम हरि श्रेष्ठ, स्वास्थ्य कार्यालय सर्लाहीका तथ्यांक अधिकृत लाल बाबु यादव, सहयोगी संस्थाहरू नारी उत्थान संघ, सेभ द चिल्ड्रेन, बागमती सेवा समाजका प्रतिनिधिहरू, स्वास्थ्य संस्था प्रमुखहरू लगायतको सक्रिय उपस्थिति रहेको थियो।

समीक्षामा हरिपुर नगरपालिकामा सञ्चालित विभिन्न स्वास्थ्य संस्थाहरूको प्रगति मुल्यांकन गरिएको थियो। त्यसअनुसार प्राथमिक स्वास्थ्य केन्द्र हरिपुर र लक्ष्मीपुर स्वास्थ्य चौकीले ए प्लस, फरहदवा स्वास्थ्य चौकी, पिडारी स्वास्थ्य चौकी र जानकीनगर स्वास्थ्य चौकीले ए, हरैया आधारभूत स्वास्थ्य सेवा केन्द्रले बि प्लस , तथा चिताइन पचगछिया, मजुर्वा÷औसन्मा र इन्द्रपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूले बि ग्रेड हासिल गर्न सफल भएका छन्।

कार्यक्रममार्फत प्रगति हासिल गर्ने सबै स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई धेरै धेरै बधाई दिइएको छ। साथै चालु आर्थिक वर्षमा अझ बढी सुधार र प्रगति गर्ने शुभकामना व्यक्त गर्दै गोष्ठी सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरिएको छ स्वास्थ्य शाखाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button