१९ भाद्र २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
शैक्षिक उन्नतीका लागि शैक्षिक सामग्री वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

शैक्षिक उन्नतीका लागि शैक्षिक सामग्री वितरण

लालबन्दी । सर्लाहीको लालबन्दीमा शैक्षिक उन्नतीका लागि शैक्षिक सामग्री वितरण गरिएको छ । जनज्योति भूतपूर्व विद्यार्थी समाज र जनज्योति एस.एल.सी.व्याजी–२०४९ को संयुक्त आयोजनामा श्री जनता प्राथमिक विद्यालय सेतिभिर, लालबन्दी न.पा. वडा नं. ११ मा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक मिना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अध्यक्ष राजकुमार न्यौपाने, उपाध्यक्ष रमा पौडेल, कोषाध्यक्ष चिरञ्जवी खतिवडा, एस.एल.सी. व्याजी २०४९ को संयोजक अच्युत अधिकारी, दिवाकर बराल, दिलबहादुर श्रेष्ठ, छत्र खड्का, आजिवन सदस्य विश्व थापाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अच्युत अधिकारीले लालबन्दी नगरपालिकाभित्रको स्कुलको दयनीय अवस्था रहेकोले नानीबाबुहरुको शैक्षिक उन्नतीका लागि शैक्षिक सामग्री वितरण गरिएको बताउनु भयो । आवश्यक अनुसार यस्तो कार्यक्रमहरु लालबन्दी नगरभित्रका स्कुलहरुका गरिदै जाने बताउनु भयो ।

आउँदो जाडो मौसममा नानीबाबुहरुलाई जुत्ता, न्यानो कपडा पनि वितरण गर्न सकिने बताउनु भयो । समाजका अध्यक्ष राजकुमार न्यौपानेले नगरभित्रका स्कुलहरुमा निरन्तररुपमा जनज्योति भूतपूर्व विद्यार्थी समाजले यस्ता गतिविधि गरिरहेको र एस.एल.सी. २०४९ का व्याजी दाजुहरुबाट प्राप्त यस्ता खाले सहयोगले थप हौसला बढाएको बताउनु भयो ।

कार्यक्रममा जनज्योति माध्यमिक विद्यालय, लालबन्दीका एस.एल.सी. व्याज २०४९ सहयोगी दाताहरुले दिएको रकमबाट स्कुल व्याग तथा शैक्षिक सामग्री खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button