वर्तमान सरकार र बदलिदो परिस्थितिबारेमा आजपाको पत्रकार सम्मेलन भोली

काठमाडौं, २८ असोज
आम जनता पार्टी (आजपा) जेन–जी आन्दोलन, वर्तमान सरकार र अहिलेको बदलिदो परिस्थितिबारेमा बुधबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दैछ ।
आजपा अध्यक्ष प्रभु साहको उपस्थितिमा हुने उक्त पत्रकार सम्मेलनमा बदलिएको परिस्थितिबारेमा आजपाको धारणा सार्वजनिक गरिनेछ । यस्तै विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको बारेमा बहस हुँदै गर्दा राष्ट्रियसभा, प्रदेशसभा समेत विघटन गर्नुपर्ने र अन्तरिम सरकारसंगै अन्तरिम संविधान घोषणा गरी जेनजी आन्दोलनको माग सम्बोधन हुनुपर्ने आजपा अध्यक्ष साहले बताउदै आएका छन् ।
शुसीला कार्की नेतृत्वको सरकारको समिक्षा सहित २१ फागुनमा हुने निर्वाचनको बारेमा समेत आजपाले आफ्नो धारणा सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।
सरकारको काम, व्यवहार, निर्वाचन, प्रतिनिधिसभा, अन्तर्राष्टिय चलखेल, जेनजी आन्दोलन, करार कर्मचारी, बाढीपहिरो लगायतका बारेमा आजपाले आफ्नो धारणा सार्वजनिक गर्दैछ ।